दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण

इनेप्लिज २०७२ असार २५ गते ४:२३ मा प्रकाशित

पथरी (मोरङ), २५ असार । मोरङको झोराहाटमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयले दलित विद्यार्थीलाई हिजो विद्यालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार सरदारले विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका ४१७ विद्यार्थीलाई ४०० का दरले छात्रवृत्ति रकम प्रदान गर्नुभयो ।

विद्यालयका प्राचार्य अशोक लुइँटेलले एक गैरसरकारी संस्थाको सहयोगमा ३२४ विद्यार्थीलाई विद्यालय पोसाक र झोला उपलब्ध गराएको जानकारी दिनुभयो ।

प्रतिक्रिया