बसका चालकसहित चारको मृत्यु

इनेप्लिज २०७२ असार २४ गते १४:०९ मा प्रकाशित

gadi-final-fialनुवाकोट, २४ असार । नुवाकोटबाट काठमाडौँ जाँदै गरेको एक यात्रु बस ककनीमा माथिबाट आएको पहिरोमा पुरिँदा चालकसहित चारजनाको मृत्यु भएको छ ।

मृतकमध्ये बसका चालक रसुवा जिल्ला भोर्ले गाउँ विकास समितिका प्रदिपमान विकको सनाखत भएपनि अन्य तीनजनाको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार अहिले वयल्डिङ्द्वारा बस काटेर घाइते तथा मृतकको शव निकाल्ने काम भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक अरुणकुमार पौडेलका अनुसार उद्धार गरिएका दशजना घाइतेको उपचारका लागि काठमाडाँै पठाइएको छ । अब बसभित्र रहेकाहरूको जिवित रहेको कम अनुमान गरिएको छ ।

अहिले त्रिशूली काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ । आवातजावत गर्ने यात्रुहरूको भिड घटनास्थलमा बढेको छ ।

त्रिशूलीबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २८४१ नम्बरको यात्रुबाहक बस ककनी–१ सिस्नेरीमा माथिबाट आएको पहिरोमा परी पुरिएको थियो ।

प्रतिक्रिया