सात गाविसका ५२३ घरधुरी स्थानान्तरण हुने
बनेपा, २४ असार । भूकम्पका कारण पहिरोको उच्च जोखिममा रहेको काभ्रेपलाञ्चोकको सात वटा गाविसको विभिन्न बस्तीका ५२३ घरधुरी नजिकको उपयुक्त स्थानमा स्थानान्तरण गर्ने भएको छ ।
दैवी प्रकोप उद्धार तथा राहत समितिका संयोजक तथा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालको अध्यक्षतामा हिजो धुलिखेलमा बसेको बैठकले पहिरोको उच्च जोखिममा रहेको सात गाविसलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा स्थानान्तरण गर्ने निर्णय भएको काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक पुगेको स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सडक नपुगेको स्थानका बस्ती नेपाली सेनाको सहयोगमा स्थानान्तरण गर्न आवश्यक तयारी गर्ने निर्णय भएको छ ।
स्थानीय विकास अधिकारी तिम्सिनाका अनुसार नाग्रेगर्चचे गाविसको वडा नं १ २ ३ का १४२ घरलाई ५ नं वडाको पलाकथन भन्ने स्थानमा, पोखरीचौरी गाविसको ५० घरलाई वडा नं ६ को स्थानमा, ९ नंको ४७ घरलाई दारेगौडा भन्ने स्थानमा, च्याम्रेङबेँसीको १ २ ३ र ७ नं वडाको ९३ घरधुरीलाई सोही गाविसको विभिन्न ठाउँमा, बोल्देफेदिचे गाविसको वडा नं ८ को ८० घरलाई व्यक्तिगत जग्गामा स्थानान्तरण गरिने छ ।
त्यस्तै पोखरी नारायणस्थानको वडा नं ३ र ४ को ६४ घरलाई सोही वडाकै जग्गामा, शिखरआम्बोटेको ६५ घरलाई नजिकैको स्थानमा र सिसाखानी गाविसको ३२ घरधुरी स्थानान्तरण हुने उहाँले जानकारी दिनुभयो ।
यो अस्थायीरुपमा केही महिनाका लागि हो तर पछि उहाँहरु आफ्नै स्थानमा जानुहुन्छ स्थानीय विकास अधिकारी तिम्सिनाले भन्नुभयो ।
उहाँले बस्ती सार्नका लागि राजनीतिक दल सम्मिलित टोली गाउँगाउँ पुगेर स्थलगत अध्ययन गरेर बुझाएको प्रतिवेदनका आधारमा बस्ती स्थानान्तरण हुन लागेको जानकारी दिनुभयो ।
स्थाविअ तिम्सिनाले पहिलो चरणमा ती गाविस र अर्को चरणमा जोखिममा रहेका अन्य गाविसमा समेत बस्ती स्थानान्तरण हुने बताउनुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया