अपाङ्गतामैत्री शौचालय हस्तान्तरण

इनेप्लिज २०७२ असार २४ गते ३:१४ मा प्रकाशित

apangaकाठमाडौँ, २४ असार । अपाङ्गता भएकाको शौचालय समस्यालाई ध्यानमा राख्दै लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले निर्माण गरेका अपाङ्गतामैत्री शौचालय राष्ट्रिय अपाङ्ग महासङ्घलाई हस्तान्तरण गरेको छ ।

महासङ्घ परिसरमा निर्माण गरिएका दुई वटा शौचालय बुधबार यहाँ कार्यक्रमको आयोजना गरी कम्पनीका अध्यक्ष गणेशबहादुर श्रेष्ठले महासङ्घलाई हस्तान्तरण गर्नुभयो ।

करिब रु २५ लाखको लागतमा निर्माण गरिएको सो शौचालयमा दृष्टिविहीन, ह्विलचियर प्रयोगकर्तालगायत अपाङ्गता भएकाले सजिलै प्रयोग गर्न सक्नेछन् ।

महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले निकट भविष्यमा महासङ्घले नमुनाका रुपमा क्याफेसहितको सार्वजनिक शौचालय निर्माण गर्ने र करिब १० जना अपाङ्गता भएकालाई रोजगारी दिने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया