पहिरोमा परी एक हजार बढी पशुचौपाया मरे, करोडौँको क्षति

इनेप्लिज २०७२ असार २३ गते ११:४० मा प्रकाशित

पाँचथर, २३ असार । ताप्लेजुङमा पहिरोका कारण एक हजार बढी पशुचौपाया मरेका छन् भने यसबाट करोडौँ रुपैयाँको क्षति हुन पुगेको छ ।

गएको जेठ २७ गते जिल्लाको पश्चिमी क्षेत्रमा गएको पहिरोमा परेर मात्रै एक हजार ३३ वटा पशुचौपाया मरेका छन् । उक्त सङ्ख्यामा पशुचौपाया मर्दा रु दुई करोडभन्दा बढीको क्षति हुन पुगेको स्थानीयले बताएका छन् ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार पश्चिमी गाविसहरु खोक्लिङ, लिबाङ, थिङ्लाबु, सान्थाक्रा, खाम्लुङ र लिङ्तेपमा मात्रै उल्लिखित सङ्ख्यामा पशुपक्षी पहिरोमा परी मरेका छन् । पहिरोमा परी खसीबाख्रा तीन सय ४४ वटा, कुखुरा चार सय १३, सुँगुर एक सय ४३, गाईगोरु ९०, राँगाभैँसी ४३, खच्चड चारवटा र परेवा मरेको विवरण कार्यालयमा प्राप्त भएको पशुसेवा कार्यालयका खरिदार सुरेश अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया