स्कूल बसलाई ठक्कर दिँदा विद्यार्थी घाइते

इनेप्लिज २०७२ असार २३ गते ११:३४ मा प्रकाशित

इलाम, २३ असार । मेची राजमार्गअन्तर्गत इलामको सूर्याेदय नगरपालिका–११ कन्याममा आज बिहान सवारी दुर्घटनामा चार विद्यार्थी घाइते भएका छन् ।

कन्यामबाट विद्यार्थी बोकेको पाथीभरा एजुकेसन बोर्डिङ स्कूलको बसलाई विपरीत दिशाबाट आइरहेको मे १ ज ९२१ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा बसमा सवार विद्यार्थी घाइते भएका हुन् ।

तीब्र गतिमा आएको बोलेरोले बसलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । दुवै सवारीसाधनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी चौकी फिक्कलमा राखिएको छ । घाइते विद्यार्थीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया