सपना भिलेजद्धारा भुकम्पले भत्काएको विद्यालयमा नयां भवन

इनेप्लिज २०७२ असार २३ गते १०:३० मा प्रकाशित

machhimaranचितवन, २३ असार । पूर्वी सौराहाको सामाजिक संस्था सपना भिलेज सोसल इम्प्याक्टले भुकम्पले भत्काएको विद्यालयमा नयां भवन बनाएको छ । भने टुटेको खानेपानीको नाला बनाउनुका साथै कापल काट्न नपाएका विद्यार्थीहरुको कपाल पनि काटिदिएका छन् ।

1436277052156_PS-Parasi-Bag-450x350सपना भिलेजको दोश्रो चरणको पुर्ननिर्माण अभियान भुकम्पले पूर्ण रुपमा क्षति बनाएको सिद्धी ८ नान्दरस्थित नान्दर–वाक्टाल प्राविको बनाइदिएको हो ।

सपना भिलेज र विद्यालयको सहकार्यमा ३ कोठे भवन नयां भवन बनाईदिएको हो ।
जिल्लाको विकट क्षेत्रमा चेपाङ्ग समुदायका वालबालिका भूकम्पपछि त्रिपाल मुनि बसेर पढेदै आएका थिए ।
जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी अन्य क्षेत्रका समेत भत्कीएका विद्यालय भवन निर्माण अभियान जारी राख्ने सपना भिलेजका धुव्र गिरीले जानकारी दिए ।

5

हामी विद्यालय भवन नहुदा ंविद्यार्थीहरु समस्या भोगेको थाहा पा¥यौ उनले भने सबै बालबालिका शिक्षाको पहुंच राख्ने लक्ष्य अनुसार विद्यालय बनाएका हौं ।

कक्षा ३ सम्म सञ्चालन हुने विद्यालयमा ४७ विद्यार्थी अध्ययनरत छन् । भत्किएपछि विद्यार्थीको संख्यासमेत घटेको अवस्थामा विद्यालय पुननिर्माण पछि विद्यार्थी र अभिभावक खुसी भएको खुमराज भट्टले बताए । जसले गर्दा त्रिपालु मुनि पढ्नु पर्ने बाध्यता हटेको उनले बताए ।
विद्यालयले भवनका लागि बनाउन काठ भने विद्यालयले उपलब्ध गराएको थियो ।
सपना भिलेजले जस्तापाता, काँटी, श्रमदान गर्नेका लागि खाना, खाजासहित स्वयंसेवक उपलब्ध गराउदा स्थानीयवासीले पनि सहयोग गरेका थिए ।
भत्कीएको विद्यालय निर्माणका लागि स्वयंसेवक, खाद्यान्न र निर्माण सामग्रीसहित सपना भिलेज सोसियल इम्प्याक्ट सौराहाका म्यानेजर सुजन बस्नेत विद्यालय पठाई ४ दिनमा निर्माण सम्पन्न पुरा भएको थियो ।
योसगै छिटै सपना भिलेजले भुकम्पले क्षति ग्रस्त सिद्धी ९ स्थित छेरवाङ प्रावि, सिद्धी ६ स्थित मझवाङ प्रावि, सिद्धी ४ स्थित दक्षिणकाली प्रावि, सिद्धी ३ स्थित दौतेस प्राविको भवन निर्माण गर्ने जनाएको छ ।
यस अघि सपना भिलेजले भुकम्प प्रभावित चितवनको पहाडी गाविस सहित गोर्खा, धादिङ्ग, तनहुं, नुवाकोट, रसुवा, दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा ४ हजार घर परिवारलाई ४० लाख रुपैया बढीको राहत चर्चीत गायकद्धय पशुपति शर्मा र रमेशराज भटराईलाई पनि सामेल गराई बाडेको थियो ।
खान्द्यन्न राहत बाडेसगै सपना भिलेजले आफ्नो उद्देश्य अनुुसार विद्यालय बनाउन घोषण गरेको थियो ।
तस्वीरहरु ः
१.विद्यालयका लागि निर्माण सामाग्री लगिदै
२.भवनका लागि काठ गाड्ने तयारी तिव्र
३.काठ गाडेर पुरा गरिदै

6

प्रतिक्रिया