एक वर्षसम्म शिक्षक नियुक्ति हुन सकेन

इनेप्लिज २०७२ असार २३ गते ४:३७ मा प्रकाशित

जाजरकोट, २३ असार । यहाँको एक विद्यालयले एक वर्षसम्म शिक्षक नियुक्ति नगर्दा विद्यार्थी मर्कामा परेका छन् ।

जिल्लाको खगेनकोट गाविसमा रहेको पञ्च भयार मावि जिकुवामा एक वर्षसम्म शिक्षक नियुक्ति हुन नसक्दा विद्यार्थी मर्कामा परेका हुन् ।

विद्यालय व्यवस्थापन समितिले विद्यालयमा अङ्ग्रेजी विषयको अनुमति लिने माग, जिल्ला शिक्षा कार्यालयले नेपाली विषयको दरबन्दीलाई अङ्ग्रेजी बदलेर विज्ञापनको अनुमति दिन नमानेपछि शिक्षक नियुक्तिमा ढिलाइ भएको जनाएको छ ।

गत साउनमा शिक्षक सेवा आयोगको प्रावि तहको परीक्षामा शिक्षक वीरबहादुर खत्रीले नाम निकालेर जिल्ला बाहिर गएपछि पञ्च भयार माविमा निम्न मावि तहको नेपालीको राहत दरबन्दी खाली भएको थियो ।

निम्न मावि तहका शिक्षकले नै मावि तहको शिक्षण गर्दै आएको यस विद्यालयमा एक वर्षसम्म निम्न मावि तहको दरबन्दीमा शिक्षक नियुक्ति नहुँदा विद्यार्थी पढाइबाट वञ्चित हँुदै आएको बताएका छन् ।

प्रतिक्रिया