बेनी (म्याग्दी), २३ असार । म्याग्दीको बेनी नगरपालिका–४ बगरफाँटका स्थानीय युवाको सक्रियतामा खेलमैदान निर्माण भएको छ ।
रिभरसाइड युवा क्लब गरफाँटमा आबद्ध युवाको सक्रियतामा रु १६ लाख २० हजार लगानीमा २५० मिटर लामो र ७५ मिटर चौडा भएको खेलमैदान निर्माण भएको हो ।
मैदान निर्माणका लागि स्वदेश तथा वैदेशिक रोजगारमा रहेका गाउँका युवाबाट आर्थिक सहयोग प्राप्त भएको क्लबका सचिव विकास कार्कीले जानकारी दिनुभयो ।
स्थानीय युवाले तीजको अवसरमा मेला आयोजना गरी खेलमैदानको लागि रु एक लाख सङ्कलन गरेका थिए । त्यस्तै गाउँलेले रु ७० हजार बराबरको श्रमदान गरेको क्लबका अध्यक्ष कुलबहादुर जिसीले बताउनुभयो ।
प्रतिक्रिया