सुनवल नगरपालिकामा वातावरण मैत्री झोला वितरण सुरु

इनेप्लिज २०७२ असार २३ गते ४:३१ मा प्रकाशित

1436277052156_PS-Parasi-Bag-450x350परासी, २३ असार । प्लास्टिक झोला नियन्त्रणका लागि नेपालको पहिलो बालमैत्री नगरपालिका सुनवल नगरपालिकामा मङ्गलबारबाट वातावरण मैत्री झोला वितरण अभियान सुरु भएको छ ।

सुनवल नगरपालिकाको आर्थिक सहयोग र प्राकृतिक सम्पदा तथा पर्यावरण संरक्षण संस्थाको आयोजना दुई हजार ५०० वातावरण मैत्री झोला आमा समूहमार्फत नगरवासीलाई वितरण गरिएको संस्थाका अध्यक्ष राजनकुमार आचार्यले जानकारी दिनुभयो ।

नगरपालिकाभित्रमा रहेको करिब ४० वटा आमा समूहलाई कच्चा पदार्थ निःशुल्करुपमा दिएर झोला निर्माण गरी सबै नगरवासीमा वितरण गर्ने योजना रहेको नगरपालिका कार्यकारी अधिकृत दीपेन्द्र रेग्मीले बताउनुभयो ।

प्लास्टिक झोलाले एक त फोहर मैला बढाउने अर्काेतर्फ मानिसको स्वास्थ्यलाई हानिसमेत गर्ने गरेको वातावरणविद् खेमराज अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया