जर्बजस्ती करणी आरोपमा ससुरा पक्राउ

इनेप्लिज २०७२ असार २२ गते १२:०६ मा प्रकाशित

rape-victim2गौशाला, २२ असार । आफ्नै बुहारीलाई जर्बजस्ती करणी गरेको आरोपमा महोत्तरी प्रहरीले भरतपुरबाट ससुरालाई आज पक्राउ गरेको छ ।

भरतपुर गाविस–८ बस्ने ५४ वर्षीय रामदुलार चौरसियालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी नायब निरीक्षक रामबाबु यादवले बताउनुभयो ।

घरमा सुतिरहेको बेला २२ वर्षीेया बुहारीलाई चौरसियाले जर्बजस्ती करणी गर्न खोज्दा प्रतिकार गरेपछि स्थानीयले पीडितको उद्धार गरेका थिए भने चौरसियालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा बुझाएका थिए ।

विगत चार महिनादेखि श्रीमान् वैदेशिक रोजगारीमा गएको बेला बुहारलाई पटकपटक शारीरिक र मानसिक यातना दिँदै उनीमाथि यौन दुव्र्यवहार गर्ने प्रयास गर्दै आएको पीडितले बताएकी छिन् ।

पक्राउ परेका चौरसियामाथि जर्बजस्ती करणी मुद्दा चलाई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मच्छेन्द्र केसीले बताउनुभयो ।

प्रतिक्रिया