विषालु च्याउ खाँदा कैलालीमा एकै परिवारका चार बिरामी

इनेप्लिज २०७२ असार २२ गते १०:१० मा प्रकाशित

musrumलम्की (कैलाली), २२ असार । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा जङ्गलको विषालु च्याउ खाँदा वादी समुदायका एकै परिवारका चार जना बिरामी परेका छन् ।

लम्कीचुहा नगरपालिका–१ बल्चौरका वादी समुदायका ३५ वर्षीय विष्णु वादी, उनकी ३० वर्षीया श्रीमती सुर्जा वादी, आठ वर्षीय छोरा निर्मल वादी र छ वर्षीय छोरा सिर्ज वादी बिरामी परेका हुन् ।

आज बिहान जङ्गलवाट ल्याइएको गोब्रे च्याउ खाँदा चारैजना बिरामी भएका थिए । बिरामी परेका चारै जनालाई उपचारका लागि बलिया स्वास्थ्य चौकी ल्याइएको थियो । स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि टीकापुर अस्पताल पठाइएको सिनियर अहेब गङ्गाराम उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया