शुक्रबार, माघ १४ २०७८
काठमाडौं १४:५७
वासिङटन डिसी 04:12

मजदुर मृत फेला

इनेप्लिज २०७२ असार २२ गते ३:३५ मा प्रकाशित

भीमदत्तनगर, २२ असार । कञ्चनपुरको भीमदत्तनगर बजारमा एक मजदुर मृत अवस्थामा फेला परेका छन् ।

सोमबार भीमदत्तनगर बजारको गल्ली नम्बर ४ मा एक स्थानीयवासीको घर नजिकै भीमदत्तनगरपालिकाको भगतपुरमा बस्दै आएका झयाक्रे चौधरी मृत अवस्थामा भेटिएका हुन् । श्रीमती अर्कै पुरुषसँग पोइल गएपछि बजारक्षेत्रमा दैनिक ज्यालादारी÷मजदुरी गर्दै आएका चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया