श्रीलाई सम्झदैं फेसबुकमार्फत श्वेताले भनिन, ‘भगवानले यस्तो पीडा दिएपनि अरुले यस्तो नदिनु’

इनेप्लिज २०७२ असार २१ गते १७:०७ मा प्रकाशित

shewta-khadka1काठमाडौं, असार २१ – श्रीकृष्ण श्रेष्ठको पत्नी तथा नायिका श्वेता खड्का श्रीकृष्णको निधनपछि उनले श्रीलाई नसम्झेको सायद कुनै पल नै छैन होला । सामाजिक संजाल फेसबुकमार्फत बेला–बेलामा आफ्नो पीडा पोख्ने गरेकी छिन् । केही समयअघि भगवानले यस्तो पीडा दिएपनि अरुले यस्तो नदिनु भन्दै फेसबुकमार्फत आफ्नो पीडा पोखेकी श्वेताले शनिबार फेरी आफ्नो फेसबुकमा लामो स्ट्याट्समार्फत पीडा पोखेकी छिन् ।

उपचारको लागि अमेरिका पुगेकी श्वेताले जीन्दगीको गोरेटोले मान्छेलाई कहाँ–कहाँ पुर्याउँछ कसैले पनि भन्न नसकिने रहेछ भन्दै पीडा फेसबुकमार्फत पोखेकी छन् ।

श्वेताले फेसबुकमा लेखेकी छिन्, ‘ जीन्दगीको गोरेटोले मान्छेलाई कहाँ–कहाँ पुर्याउँछ कसैले पनि भन्न नसकिने रहेछ । आफ्नै संसारमा रमाइरहेको थिएँ । सबै कुरा आफुले भने जस्तै हुन्छ जस्तो लाग्थ्यो । यति खुसी थिएँ । त्यसको सिमानै थिएन ।’ भन्दै सबैलाई फेसबुकमा भावुक बनाएकी छिन् ।

अमेरिकाको विभिन्न शहरमा कोहिनुर फिल्म प्रदर्शनको लागि महत्वपूर्ण भूमिका खेल्नेहरुप्रति पनि उनले आभार तथा धन्यवाद प्रकट गरेकी छिन् ।

मेरो श्रीमानलाई दिनुभएको श्रद्वा अनि मलाई अथाहा माया प्रेरणा र हौसला प्रदान गरी मेरो घाउमा मलम लगाउने सम्पूर्णप्रति पनि आभारी रहेको उल्लेख गरेकी छिन् ।Fullscreen capture 06072015 180833

– See more at: http://www.ratopati.com/2015/07/06/245724.html#sthash.Wb07UWpp.dpuf

 

रातॊ पाटी बाट

प्रतिक्रिया