प्रेश विज्ञप्ति ! एनआरन -अमेरिका

इनेप्लिज २०७२ असार २१ गते १३:४६ मा प्रकाशित

आउनुहोस् एनआरएनको साझा चौतारीमा दुख सुख वाँडौं- खगेन्द्र जिसी            image.jpeg

image.jpeg

image.jpeg

image.jpeg

                        आज ५ जुलाई, २०१५ माँ टेक्सास राज्यको डालसमा नेपाली आप्रवासी संघ ( एनआरन ) का च्याप्टर अध्यक्ष उत्तम लामिछानेको अध्यक्षतामा टिपीएस सुविधा तथा एमआरपी पासपोर्ट भर्ने संवन्धमा छलफल कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । सो कार्यक्रमका प्रमुख आकर्षक व्यक्तित्व  वरिष्ठ कानुन व्यवसायी एवं एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष खगेन्द्र जीसीको आतिथ्यमा झण्डै तीन शय मानिसहरूको माँझ यो कार्यक्रम  सम्पन्न भएको थियो ।                                                                         एनआरएन टेक्सास च्याप्टरको पहलमा स्थानिय बिभिन्न संस्थाहरु – नेपाली समाज टेक्सास, नेपाल अमेरिका पत्रकार संघ (नेजा), नेपाली जनसंपर्क समिती डालस फोर्थ वोर्थ च्याप्टर, नेपाली जनसंपर्क समिती वेष्ट टेक्सास च्याप्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ड्यालस एभरेष्ट लाइन्स क्लब, पशुपति इन्क, इन्द्रेनी कल्चरल एसोसिएसन, प्रवासी नेपाली मन्च अमेरिका , नर्थ टेक्सास नेपाली समाज, नेवा:एसोसियसन, नेपाली सांगीतिक सास्कृतिक समुह टेक्सास, HDNP International, UNCON, Blood Donors of America, University of Texas Arlington, Texas A&M University, University of North Texas, हिमालय खबर डटकमले संयुक्तरुपमा आयोजना गरेको थियो ।                           हालै Approved भएको कानुनी सुबिधा टेम्पोररी प्रोक्टेक्ट स्टाटस TPS “अमेरिकी कानून मा नेपालीका लागि प्रदान गरिएको कानूनी सुबिधा र सो प्राप्त गर्ने प्रक्रिया” का सम्बन्धमा बिशेष अनुभवी Attorney खगेन्द्र जी सी द्वारा जानकारी गराइएको उक्त कार्यक्रममा एनआरएनका अध्यक्ष डा केशव पौडेलले आँफ्नो अनुपस्थित भए पनि शुभ कामना लेखि पठाएका पत्र उपाध्यक्ष वन्दना कोइरालाले वाचन गरेर आँफ्नो मन्तव्य व्यक्त गरेकी थिइन । त्यस्तै उक्त कार्यक्रममा एनआरएनका कोषाध्यक्ष वेद राज खरेल र एनआरएनका वोर्डअफ डायरेक्टर विनोद तिवारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा विध्यार्थीहरूको बृहत् उपस्थिति थियो ।          त्यस्तै टेक्सासकै अर्कों ठूलो शहर अष्टेनमा चार तारिख शनिवारका दिन एनआरएन च्याप्टरको संयोजकत्वमा ग्रेटर अस्टेनको सकृयतामा विभिन्न संघ संस्थाहरूको संयुक्त पहलमा पनि एनआरएनका निवर्तमान अध्यक्षको प्रमुख आतिथ्यमा  टिपियसको वारेमा छलफल तथा एमआरपी पासपोर्ट भर्नेकाम सफल भयो । उक्त कार्यक्रममा पनि वोल्दै निवर्तमान अध्यक्षले सम्पूर्ण आप्रवासी नेपालीहरू एनआरएनको साझा चौतारीमा वसेर दुख सुख वाडनु पर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया