दाजुको कुटाइबाट बहिनीको मृत्यु

इनेप्लिज २०७२ असार २१ गते १०:२६ मा प्रकाशित

hatyaगाईघाट (उदयपुर), २१ असार । उदयपुर जिल्लाको पहाडी गाविस बलाम्ता– ८ मा गएराति दाजुको कुटपिटबाट बहिनीको मृत्यु भएको छ ।

बलाम्ता निवासी सुनील राईका छोरा १७ वर्षीय रुदल राई र ११ वर्षीया छोरी निगिता राईबीच रातको १२ बजेतिर झगडा भएको र कुटपिटबाट निगिताको घटनास्थलमा नै मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

बिहान ३ बजे निगिताको कुटपिटपछि मृत्यु भएको खबर आएपछि प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक डिल्ली चौहानले बताउनुभयो ।

यस्तै, प्रहरी चौकी रामपुर झिल्के पोखरीबाट समेत अर्को प्रहरी टोली घटनास्थलतर्फ गएको बुझिएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम गाईघाटदेखि ४० कोस उत्तरी पहाडी क्षेत्रमा पर्दछ ।

दाजु र बहिनीबीच के विषयमा झगडा भएको हो भन्ने कुरा खुल्न सकेको छैन ।

प्रतिक्रिया