चन्द्रपुर (रौतहट), २१ असार । रौतहटमा एक श्रीमान्ले श्रीमतीको हत्या गरी राति नै सम्पूर्ण परिवार समेत फरार भएका छन् ।
पचरुखी गाविस–२ छतौना टोलका वली ठाकुरले २५ वर्षीया श्रीमतीको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।
सर्लाही जिल्लाको बहादुरपुर गाविस माइती भएकी ठाकुरको हत्याको कारण खुल्न सकेको छैन ।
घटनाका विषयमा कोही कसैले बताउन नचाहेको र घरका सबै सदस्य फरार रहेकाले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले बताउनुभयो ।
प्रतिक्रिया