घुस लिएको आरोपमा दुई इन्जिनियर पक्राउ

इनेप्लिज २०७२ असार २० गते १३:०७ मा प्रकाशित

pakrau-कावासोती, २० असार । उपभोक्ता समितिको काम मिलाइदिने भन्दै घुस लिएको आरोपमा दुई इन्जिनियर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले उपभोक्ता समितिबाट कार्य सम्पन्नको रिपोर्ट बनाई योजना फछ्र्योट गरिदिने भन्दै घुस लिएको आरोपमा इन्जिनियर ईश्वरीप्रसाद ढकाल र योगेन्द्र मिश्रलाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो ।

रु ५६ हजार घुस लिँदै गर्दा पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालय नं ७ का दुई इन्जिनियर ढकाल र मिश्र पक्राउ परेका हुन् ।

सेमरहवा तिलकपुर सिँचाइ उपभोक्ता समितिको रु चार लाखको योजना फछ्र्योट गर्नका लागि ती दुई इन्जिनियरले घुस लिएका थिए ।

पक्राउ परेकालाई बुटवल लैजाने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलबाट खटिएका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया