नगरकोटका भूकम्पपीडितलाई जस्तापाता वितरण

इनेप्लिज २०७२ असार १९ गते १:२६ मा प्रकाशित

Rss_Images_1432893358795_RL-KTM- Dhading Jasta news (6)भक्तपुर, १९ असार । भक्तपुरको नगरकोटका भूकम्पपीडित ५८३ घरपरिवारलाई अस्थायी बसोबासका लागि जस्तापाता वितरण गरिएको छ ।

शुक्रबार जर्मनको हेल्फेन्ड ह्यान्ड फर नेपालले नगरकोट, नाल्दुम, बालुवापाटी देउपुरका ५, ६ र ७ का भूकम्पपीडितलाई ५८३ बन्डल जस्तापाता वितरण गरेको हो ।

हेल्फेन्ड ह्यान्ड फर नेपालकी संयोजक अनिता स्मिथ र इको होम नगरकोट प्रालिका सेमन्त सुन्दर पोखरलले रु ३८ लाख बराबरको जस्तापाता वितरण गर्नुभएको हो । यसअघि इको होममा आएका पर्यटकको सहयोगमा जुटेको रकमबाट सल्लेवास गाउँ काभ्रेमा ५८ घरपरिवार, कुसुम सामुदायिक वन उपभोक्ता समूहका २८ परिवार जस्तापाता वितरण गर्नुका साथै २४ जना विद्यार्थीलाई प्रतिविद्यार्थी रु १० हजारका दरले रु दुई लाख ४० हजार वितरण गरिएको छ ।

त्यसैगरी यहाँका तीनवटा हेल्थपोस्टलाई स्वास्थ्य सामग्री सहयोग गरिनुका साथै नगरकोटको आमा समूहका १०२ परिवारलाई बाख्रा वितरण गरिएको छ ।

प्रतिक्रिया