मंगलपुरमा बृक्षारोपण

इनेप्लिज २०७२ असार १८ गते ११:४१ मा प्रकाशित

असार १८, चितवन
पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको पञ्चतेज ज्योति राष्ट्रिय प्राथमिक विद्यालय र गामबेसीको चेपाङ्ग संरक्षण केन्द्रको संयुक्त पहलमा विद्यालय नजिकै रहेको पञ्चकन्या सामुदायिक बन क्षेत्रभित्रको खाली जग्गामा बृक्षारोपण गरिएको छ । आज एक कार्यक्रमका बीच ५० वटा कटहरको बिरुवा र १०० वटा बकाइनोको बिरुवा रोपिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर मगरले बताउनुभयो । पञ्चकन्या सामुदायिक बनका पूर्व अध्यक्ष बीरबहादुर पाख्रिन बर्तमान अध्यक्ष रामबाबु श्रेष्ठ, उपाध्यक्ष कृष्ण बगाले, सहसचिब पूर्णप्रसाद खतिवडा स्थानीय बुद्धिजीबीहरु नगरपालिकाका प्रतिनिधि, विद्यालयका शिक्षकहरु र चेपाङ्ग विद्यार्थीहरुले आ आफ्नो नाममा बृक्षारोपण गरेका थिए । उक्त जमिनमा २०० वटा कटहरको बोट लगाई कटहर बाटिका निर्माण गरिने र नजिकै रहेको अर्को खाली जमिनमा २०० बोट कागती रोपेर कागती बाटिका निर्माण गरिने विद्यालयका प्रधानाध्यापक मगरले बताउनुभयो । बृक्षारोपणमा सामुदायिक बनको भरपुर सहयोग रहने अध्यक्ष रामबाबु श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया