बाढीले खानेपानीको पाइप बगाएपछि समस्या

इनेप्लिज २०७२ असार १८ गते ९:३७ मा प्रकाशित

इलाम, १८ असार । चार दिनअघि परेको वर्षाका कारण दक्षिणी दानाबारी गाविसका तीन वटा वडाका बासिन्दा खानेपानीबाट वञ्चित भएका छन् ।

दानाबारी–४, ५ र ६ नम्वर वडामा सञ्चालित खानेपानी आयोजनाको पाइप बाढीले बगाएपछि १०० भन्दा बढी घरपरिवार खानेपानीबाट वञ्चित भएका हुन् ।

वर्षापछि स्थानीय झुत्रे खोलामा आएको बाढीले खानेपानी आयोजनामा क्षति पु¥याउनुका साथै पाइप लाइन बगाएपछि खानेपानीको सङ्कट पैदा भएको हो ।

रु सात करोडको लागतमा सात वर्षअघि निर्माण गरिएको उक्त खानेपानी आयोजनामा क्षति पु¥याएपछि उपभोक्ता खोलाकै धमिलो पानी पिउन बाध्य भएको स्थानीय नरबहादुर रानाले बताउनुभयो ।

खोलामा आएको बाढीले आयोजनाको पाइप बगाएर कहाँ पु¥यायो भन्ने कुनै टुङ्गो छैन्, रानाले भन्नुभयो “वैकल्पिक व्यवस्था नहुञ्जेल यस्तै पानी खाइरहेका छौँ ।”

प्रतिक्रिया