बेँसीसहरलाई वातावरण मैत्री बनाउने कार्यको थालनी

इनेप्लिज २०७२ असार १७ गते ४:४८ मा प्रकाशित

लमजुङ, १७ असार । लमजुङ सदरमुकाम बेँसीसहरलाई सुन्दर, सुरक्षित र वातावरण मैत्री बनाउन बेँसीसहर नगरपालिकाले योजना सुरु गरेको छ ।

नगरपालिकाले बेंसीसहरलाई वातावरण मैत्री नगर बनाउनका लागि बजारका सडकका दायाँबायाँ वृक्षरोपण कार्यको शुभारम्भ गरेको हो ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव सोमलाल सुवेदीले नगरपालिका कार्यालय अगाडिबाट सुरुवात गर्नुभएको वृक्षरोपण अभियानलाई बँेसीसहरको वडा नंं ९ भर विस्तार गरिएको छ ।

यस अभियानका क्रममा नगरपालिकाले चालु आवका लागि रु पाँच लाख ७५ हजार बजेट छुट्याएको छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले नगरपालिका क्षेत्रका चार वटा सडकमा यस वर्ष वृक्षरोपण गरिने जानकारी दिनुभयो ।

नगरपालिकाले बेँसीसहरको करपुरेश्वर सडक, विनायक पथ, शेरादेखि मनाङे चौतारा जोड्ने चक्रपथ, झिंगेखोला र बिदाइ चौतारा सडकमा यस असारभित्रै वृक्षरोपण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

नगरपालिकाले सडक क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न र नगरलाई हराभरा बनाउन नागरिकस्तरबाट पनि वृक्षरोपण गर्न आह्वान गरेको छ । यसका लागि आवश्यक पर्ने बिरुवा नगरपालिकाले निःशुल्क वितरण गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया