गैरआवासीय नागरिकता वारे के छ नेपालको मस्यौदा संविधानमा?

इनेप्लिज २०७२ असार १६ गते २१:१५ मा प्रकाशित

hari-parajuli-650x581नेपालमा मस्यौदा संविधानमा धमाधम काम भै फाष्ट ट्राकवाट संविधान ल्याउने प्रयास जारी भएको अबस्थामा यस नयॉं संविधानले गैरआवासीय नेपालीहरूको लागी के कस्तो व्यवस्था गरेको छ र यसले एनआरएनको नारा “एक पल्टको नेपाली सधैंको नेपाली” लाई कसरी समेटेको होला यो सवैको जिज्ञासाको विषय हो ! यसै सन्दर्भमा विभिन्न क़ानून विदहरूले यस मस्यैदामा व्यवस्था भएको गैरआवासीय नागरिकताका वारेमा निम्न अनुशार संक्षेपमा व्याख्या गरेका छन !

draft1

नेपालको नया संविधानको धारा १९ मा व्यवस्था गरिए अनुसार एनआरएनहरुले अब गैरआवासीय नागरिकतापाउन सक्नेछन्। यो नेपालका लागि नयाँ प्रकारको नागरिकता हो। यसअघिका संविधानहरुमा वंशज, अंगीकृत रसम्मानार्थ नागरिकतामात्र हुने गर्थ्यो। यस पटकको संविधानमा पहिलो पटक गैरआवासीय नागरिकताको व्यवस्थागरिएको हो।

धारा १९ अनुसार गैरआवासीय नागरिकता विदेशी मुलुकको नागरिकता प्राप्त गरेको सार्क क्षेत्रभन्दा बाहिरका देशमाबसोबास गरेको नेपाली मुलुकको व्यक्तिले पाउन सक्नेछन्। अर्थात् भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान,श्रीलंका, भुटान र माल्दिभ्सबाहेक जुनसुकै देशमा बसोबास गरी त्यहाँको नागरिकता पाएको व्यक्तिले यस्तोनागरिकता पाउँछन्। गैर आवासीय नेपाली नागरिकता पाएकाले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार कानुनबमोजिम उपभोग गर्न पाउँछन्। उनीहरुले राजनीतिक अधिकार भने पाउने छैनन्। यि अधिकार का बारेमा भने कानूनले तोके बमोजिम भनिएको हुँदा यस्मा पनि अन्योल नै छ! गैर अवासिय नागरिकले राजनीतिक अधिकार नपाउने व्यवस्था भएका कारण उनिहरुले चुनावमा उठने तथा भोट दिन पाउने छैनन ! अर्थात् गैर अवासिय नागरिकले सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, संवैधानिक निकाय प्रमुख केही पनि बन्न नपाउने व्यवस्था गरेको छ !

धारा १६ मा नागरिकता पुनः प्राप्तिको व्यवस्था गरिए अनुसार विदेशी नागरिकता त्याग गरेर पुनः नेपाल आई पाँच वर्ष बसेमा पुनः नेपाली नागरिकता लिन सकिन्छ! तपाईँ नेपाली नागरिक हुनुहुन्छ र विदेशको नागरिकता लिनुभयो भने तपाईँको नेपाली नागरिकता रद्द हुन्छ। तपाईँले चाहेमा गैरआवासीय नेपाली नागरिकता लिन सक्नुहुन्छ। तर विदेशको नागरिकता त्याग गरेर पुनः नेपाल आई पाँच वर्ष बसेमा पुनः नेपाली नागरिकता लिन सकिन्छ। नेपाली नागरिक भएपछि सबै राजनीतिक अधिकार पनि पाइनेछ! यसका लागि तपाईँले तीन सर्त हरु पालना गर्नु पर्ने छ: १) पहिले नै नेपाली नागरिकता प्राप्त गरेको, २) पुनः नेपाल आई पाँच वर्ष बसोबास गरेको, ३) विदेशी नागरिकता परित्याग गरेको!

धारा १८ को दफा २ मा व्यवस्था गरिए बमोजिम कुनै नेपालीको सन्तान विदेशमा जन्मियो भने उसले त्यहाँजन्मिएको आधारमा त्यस देशको कानून बमोजिम बिदेशी नागरिकता पनि पाउन सक्छ र आमाबाबु नेपाली भएमानेपाली नागरिकता पनि पाउन सक्छ। नेपाली नागरिकता प्राप्त गर्न योग्यता पुगेको कुनै व्यक्ति अन्य मुलुककोपनि नागरिकता प्राप्त गर्न योग्य रहेछ भने त्यस्तो व्यक्तिले नागरिकता प्रमाणपत्र लिन योग्यता पुगेको दुई वर्षभित्रनेपालको नागरिकता नरोजे त्यस्तो व्यक्ति नेपालको नागरिक नहुने व्यवस्था गरिएको छ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुषले अङ्गीकृत नागरिकता लिन पाउँछन्। तर त्यसका लागि नेपालमा १५वर्ष स्थायी बसोबास गरी विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाएको हुनुपर्छ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले भने विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाउने बित्तिकैअङ्गीकृत नागरिकता पाउँछन्।विदेशी केटासँग विवाह भएको नेपाली नागरिक महिलाले जन्माएको र नेपालमैबसोबास गरेको र आमाबाबुको नागरिकताको आधारमा विदेशको नागरिकता नपाएको सन्तानले नेपालको अङ्गीकृतनागरिकता पाउनेछ।

सम्बिधान को धारा १८ र १९ मा लेखिए अनुसार यो दोहोरो नागरिकतको ब्यबस्था हो कि हैन भनेर ठोकुवा गर्न गाह्रोछ! धारा १९ मा ब्यबस्था भए अनुसार विदेशी मुलुकको नागरिकता प्राप्त गरेका नेपाली मूलका व्यक्तिलेगैरआवासीय नेपाली नागरिकता पाउने छन तर धारा १८ ले भने अन्य मुलुकको नागरिकता प्राप्त गरेमा नेपालकोनागरिकता कायम नहुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया