एन आर एन -यु एस ए,मेरील्यान्ड च्याप्टर को विज्ञप्ति

इनेप्लिज २०७२ असार १६ गते २१:१० मा प्रकाशित

हाम्रो जन्मभुमी नेपालमा जुन विपत्तिआईपर्यो त्यो फेरी कहिल्यै नआओस । यसो भन्दै गर्दा पनि दैवको कदमलाई कसले पो रोक्न सक्छ र ? जब यस्ता दैवी बिपत्तीसंग जुध्नुपर्ने बाध्यता आईपर्छ तै पनी हामी नेपालीहरु लाई यस्ता कठीन घडीको सामना गर्ने शक्ती तपोभूमी नेपाल र श्री पशुपतीनाथ ले नै प्रदान गर्दछन । बिनाशकारी महाभुकम्पको कारणले हाम्रै आदरणीय नेपाली गुमायौ । NRN-MARYLAND CHAPTER फेरी पनि ती गुमेका सम्पूर्ण दिवंगत आत्माको चीरसांन्तिको कामना गर्दै हार्दीक श्रद्धान्जली अर्पण गर्दछ
यसै पृष्ठभूमिमा “TPS” हाम्रो रहर होइन वाध्यता हो र यही वाध्यता नै अवसर बनेको छ । TPS स्वीकृत गरीदिएकोमा हाम्रो कर्मभूमि अमेरीकी सरकारलाई र स्वीकृत को लागी आफ्नो ठाउबाट पहल गरीदिएकोमा नेपाली राजदुतावासलाई NRN-MARYLAND हार्दीक धन्यवाद दिन चाहान्छ ।
JUN 28,2015 मा NRN-MARYLAND CHAPTER लगाएत BANA, NASO, Nepali Janasamparka samiti, parbasi Nepali Ekata Samaj,Myagdi Samaj, Parbat Modi Kali Samaj, Greater Washington Baltimore Tamu Samaj,Baglung Sewa Samaj,Chitwan Samaj ,HURON, United Syangja Association को संयुक्त आयोजनामा गरीएको Temporary Protected Status (TPS) Community interaction program जुन भव्यताका साथ सम्पन्न भयों यो सम्पूर्ण आदरणीय मेरील्यान्डबासी नेपालीहरुको सहयोग ले नै हो यसमा दुई मत छैन।अरु बेला जे भए पनि आपत विपत र सामाजिक समस्यापर्दा सबै एक हुने हामी नेपालीहरुको बिशेषता नै बनिसक्को छ र त्यो बिगत ले देखाईसकेको छ । यस कार्यक्रममा पनी आयोजकभई सम्पूर्ण स्थानीय नेपाली सामाजिक संस्थाहरु संग एकै साथ मिलेर काम गर्न पाउँदा ख़ुशी लागेको छ उहाँहरुलाई धन्यवाद दिन चाहान्छौ ।
उक्त कार्यक्रममा chief Guest को रुपमा आएर TPS सम्वन्धी क़ानूनी र प्राबीधीक समस्या को समाधान क़ानूनी प्रक्रिया बाट हल गर्ने तरीक़ा सुझाउने तथा TPS सम्बन्धी जिज्ञासाको निःशुल्क सेवा प्रदान गरीदिने कानुन ब्यवसायी श्री डिल्ली राज भट्ट लाई विशेष धन्यवाद दिन चाहान्छौ । त्यस्तै बिशेष अतिथि द्वोय महावाणीज्यदुत प्रेमराजा महत एवं NRN- ICC का संस्थापक उपाध्यक्ष डा श्याम कार्की र अतिथि NRN-USA Board of director श्री सिवराज पौडेल , NAJA का श्री गौतम दाहाल एवं पत्रकार साथीहरु जस्तै DC Nepal तथा ई -नेप्लीजका श्री विश्व राज थापा The Nepal today र Baltimore Khabar का श्री सिब मल्ल र श्री सतीश चापागाई लाई NRN -Maryland Chapter धन्यवाद दिन्छ । त्यस्तै कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने हाम्रो टीम का श्री विनोद उप्रेती श्री अर्जुन हमाल, श्री महेश भट्टराई श्री सरोज पुरी , श्री राजन घिमिरे ,श्री प्रवीण भन्डारी , र volunteer श्री ईराज पोखरेल धन्यबादका पात्रहुनुहुन्छ ।साथै उक्त कार्यक्रममा उपस्थितभई भव्यताका साथ सफल पारीदिनुहुने उपस्थीत सम्पूर्ण महानुभावहरलाई आभार प्रकट गर्दै हार्दीक धन्यवाद दिन चाहान्छौ । यसैगरी भविश्यमा NRN-Maryland Chapter यहाका local organization संग एैक्यबद्दता का साथ सहकार्यगर्ने प्रतीवद्धता व्यक्त गर्दछ । साथै NRN – MARYLAND CHAPTER कै आयोजनामा निःशुल्क TPS form भर्न volunteer कार्यक्रम समेत गर्रिने भएको हुनाले यहाहरुलाई अग्रीम जानकारी गराईन्छ उक्त कार्यक्रमको समय, मिती र स्थान अर्कों सुचनामा प्रकासित गरीने छ
धन्यबाद ।
जेदु पोखरेल
अध्यक्ष
एन.आर. एन . -यु .एस. ए
मेरील्यान्ड च्याप्टर
जुन ३० ,२०१५

प्रतिक्रिया