उदयपुर, १६ असार । पहिरोले खानेपानीको पाइप बगाएपछि उदयपुरको बेल्टार बजारमा तीन दिनदेखि खानेपानीको अभाव भएको छ ।
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बेल्टार बसाहा नगरपालिकाको १, २, ३ र ६ नं वडामा रहेको तीन हजारभन्दा बढी घरपरिवार खानेपानी समस्यामा परेका छन् ।
खानेपानी मुहान बेल्टार बजारदेखि सात किलोमिटर उत्तरमा पर्दछ । पहिरोको कारण ५०० मिटर पाइप बगेकाले सो हटाउन जनपथ र सशस्त्र प्रहरी बल त्यसतर्फ पठाएको इलाका प्रहरी प्रमुख राजेन्द्र पराजुलीले बताउनुभयो ।
प्रतिक्रिया