अमेरिकामा नासा र आन्माको सम्मेलनको तयारी तीब्र

इनेप्लिज २०७२ असार १६ गते २:२९ मा प्रकाशित

नर्थ क्यारोलिना । अमेरिकाको दछिण–पूर्वी राज्यहरूमाबस्ने नेपालीहरूका प्रतिनिधिमूलक र सशक्त संगठनकारूपमा क्रियाशील दुई संगठन नासा र आन्माको एघारौंसंयुक्त सम्मेलनको तयारी तीब्रताका साथ भइरहेको छ ।नासा र आन्माको एघारौं सम्मेलन आउँदो सेप्टेम्बर ४,५ र ६ मा नर्थ क्यारोलिना राज्यको ग्रिन्सबोरो सिटीको होटलएम्बेसी स्विटमा भब्य रूपमा हुँदैछ ।

विगत लामो समयदेखि हरेक वर्ष हुँदै आएको यो सम्मेलनयस पटक नेपालको भूकम्पपीडित क्षेत्रमा पुनर्निर्माणमासहयोग संकलनको मुख्य उद्धेश्यका साथ हुन लागेकोमूल आयोजक समितिले जनाएको छ । समितिले निर्वाचनमा सहभागी हुन यही जुलाई ८ सम्म दर्ता रसदस्यता नवीकरण गरिसक्न पनि आह्वान गरेको छ ।सम्मेलनबाट नासाको आगामी दुईवर्षे कार्यकालका लागिनयाँ नेतृत्व चयन गरिनेछ । निर्वाचनमा अमेरिकाकोउत्तरपूर्वी राज्यहरूमा रहेका नेपालीहरू सहभागी हुनपाउनेछन् । तर, निर्वाचनमा सहभागी हुन जुलाई ८ सम्मदर्ता र साधारण सदस्यता लिइसकेको हुनुपर्ने बताइएकोछ ।

करिव १५ वटा राज्यमा बस्ने नेपालीहरू सहभागी हुनेसम्मेलनमा विभिन्न प्रतियोगितात्मक खेलकुदका साथैफेसन, सांस्कृतिक प्रस्तुती, कन्सर्ट, स्वास्थ्य, शिक्षा, साहित्यलगायत नेपालसम्बन्धी विशेष कार्यक्रमहरू हुनेभएका छन् । बालशिक्षा तथा खेलकुद, युवा, महिला, कानुनी, समाज तथा कल्याण, सञ्चारलगायतका विषयर क्षेत्रका लागि यो सम्मेलन उपयोगी हुने बताइएको छ ।सम्मेलनमा नेपालका ख्यातिप्राप्त र चर्चितकलाकारहरूको उपस्थितिमा विशेष सांगीतिक सन्ध्या हुनेभएको छ । जसबाट उठेको रकम राष्ट्र पुनर्निर्माणकालागि सहयोग गरिने भएको छ ।

अमेरिकामा रहेका नेपालीहरूका विभिन्न संगठनहरूमध्येनासा र आन्माको संयुक्त कार्यक्रमलाई निकै पृथक रब्यवस्थित मानिँदै आएको छ । निकै ब्यवस्थित, प्रभावकारी र विवादरहित रूपमा हुँदै आएको नासा रआन्माको संयुक्त सम्मेलन यस वर्ष पनि ऐतिहासकि हुनेआयोजकको दाबी छ । नासाका अध्यक्ष डा.रामचन्द्रबराल, एन्माका अध्यक्ष सुशील शर्मा, सम्मेलन आयोजकमूल समितिका संयोजक माधव ढकाल र कार्यक्रमआयोजक संस्था टीएनसीसीका अध्यक्ष नारायणखड्काले सम्मेलन थप ऐतिहासिक र प्रभावकारी बनाउनसहयोगका लागि सबैसँग आग्रह गर्नुभएको छ । सम्मेलनसफल पार्न गठित सम्मेलन आयोजक मूल समिति र मूलसमितिको मातहतमा गठित विभिन्न समितिहरू सम्मेलनब्यवस्थित र प्रभावकारी बनाउन अहिले अहोरात्रखटिरहेका छन् । यसअघि नासा र आन्माको छैठौंसम्मेलन सन् २०१० मा केन्टकीमा, सातौं सम्मेलन सन्२०११ मा जर्जियामा, आठौं सम्मेलन सन् २०१२ माइन्डियानामा, नवौं सम्मेलन सन् २०१३ मा साउथक्यारोलिनामा र दसौं सम्मेलन २०१४ मा कोलोराडोमासम्पन्न भएको थियो ।

भूकम्पपीडितलाई राहत

यसैबीच नासाले यही जुलाई १२ तारिख दिउँसो ३ बजेग्रिन्सबोरोको होटल एम्बेसी स्विटमा भूकम्पपीडितकालागि संकलित राहत हस्तान्तरण गर्ने भएको छ ।संकलित राहत अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेकोनासाका अध्यक्ष डा.रामचन्द्र बरालले जानकारी दिनुभयो।

त्यसैगरी नासा र आन्माको सम्मेलनको आयोजक हाइप्वाइन्ट र ग्रिन्सबोरोस्थित नेपालीहरूको एकमात्रप्रतिनिनिमूलक संस्था टीएनसीसीले पनि भूकम्पपीडितकालागि आफ्नो तर्फबाट संकलित राहत सोही साँझरात्रीकालीन भोज आयोजना गर्दै वितरण गर्ने कार्यक्रमरहेको टीएनसीसीका महासचिव रोशन भण्डारीलेजानकारी दिनुभयो ।

प्रतिक्रिया