तुलसीपुरमा सामुदायिक प्रहरी सेवा केन्द्र स्थापना

इनेप्लिज २०७२ असार १५ गते ३:४९ मा प्रकाशित

Dang_district_locationतुलसीपुर (दाङ), १५ असार । समुदायमा हुने हरेक कामकाजलाई पारदर्शी र समुन्नत समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले सोमबार तुलसीपुरमा एक कार्यक्रमबीच सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना गरिएको छ ।

जनता र प्रहरीबीच समन्वयको भूमिका खेली घरेलु बाल, यौनहिंसा नियन्त्रण तथा आपसी मेलमिलापको कामलाई प्राथमिकता दिने उद्देश्य केन्द्रको रहेको छ ।

नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको प्रमुख आतिथ्यता र राप्ती अञ्चल प्रहरी प्रमुख रमेशकुमार पाण्डेयको विशिष्ट आतिथ्यतामा भएको भेलाले पत्रकार नारायणी रजौरे अध्यक्ष रहेको १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा वसन्तकुमार खड्की, सचिवमा पत्रकार शरद रेग्मी, कोषाध्यक्षमा प्रितमकुमार श्रेष्ठ र सहसचिवमा मीनराज भण्डारीलाई चयन गरिएको छ । सदस्यहरुमा पत्रकार बालाराम रेग्मी, सुरेश श्रेष्ठ, सुधासुमन ढकाल, मनोज लामिछाने, सावित्रा आचार्य, यमुना परियार, चिरन्जीवी रिजाल र द्रोण केसी रहनुभएको छ ।

प्रतिक्रिया