आइतबार, माघ ९ २०७८
काठमाडौं ०८:०२
वासिङटन डिसी 21:17

हार्दिक निमन्त्रणा

इनेप्लिज २०७२ असार १३ गते १४:३७ मा प्रकाशित

1902994_795898453858521_321544719259096676_n

श्रीमान

आजीवन सदस्यज्यू ,
बोर्ड अफ ट्रष्टीज्यू ,
सल्लाहकारज्यू ,
कार्यसमिति सदस्यज्यू र सम्पूर्ण साहित्यानुरागी तथा सेवीहरूमा ,

हार्दिक निमन्त्रणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको न्युह्यामशायरमा जुलाई ११ तारिकमा २०२ औ भानु जयन्ति मनाउने भएको छ/ आदिकवि भानुभक्तको २०२ औ जन्मजयन्तिको अवसर पारेर मनाउना लागेको उक्त कार्यक्रमका लागि अनेसास न्युह्यामशायरमा च्याप्टरका अध्यक्ष अग्नि पराजुलीको संयोजकत्वमा भानु जयन्ति मूल समारोह समिति गठन पनि गरिएको छ/

समितिले उक्त दिन भानुजयन्ती तथा समाजको २४ औ बार्षिक साधारण सभाको आयोजना गर्ने भएको जानकारी गराउदै उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ

कार्यक्रम :

मिति : जुलाई ११, २०१५
स्थान: हुकसेट पब्लिक लाईबेरी (17 Mount Saint Mary’s way ) हुकसेट न्यूह्यामशायर
समय: दिनको ११ बजेदेखि ४ बजेसम्म

आज्ञाले
गोवर्धन पूजा
महासचिव
अनेसास , केन्द्र

प्रतिक्रिया