बङ्शीलाघाटमा झोलुङ्गे पुलको शिलान्यास

इनेप्लिज २०७२ असार १० गते १:५९ मा प्रकाशित

खोटाङ, १० असार । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित बङ्शीलाघाटमा झोलुङ्गे पुल शिलान्यास गरिएको छ ।

जिल्लाको दक्षिणी गाविस पौवासेरा र उदयपुरको चौदण्डी गाविस जोड्ने सुनकोसी नदीमा निर्माण गर्न लागिएको झोलुङ्गे पुल खोटाङ क्षेत्र नं २ बाट निर्वाचित सभासद् विशाल भट्टराईले शिलान्यास गर्नुभयो ।

रु एक करोड ४३ लाखको लागतमा १५ महिनामा पूरा गर्ने गरी झोलुङ्गे पुल निर्माणको काम सुरु गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । दुई सय ३० मिटर लम्बाइ भएको पुल निर्माणको जिम्मा जगदम्बा र शङ्करमाली जेभीले लिएको छ ।

पुल बनेपछि खोटाङका सावाखोला पारीका १३ गाविस र उदयपुरलाई जोड्ने छन् । पुलको अभावमा स्थानीय बङ्शीलाघाटमा डुङ्गाबाट सुनकोसी वारपार गर्दै आएका छन् । बङ्शीलाघाट जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयवासीलाई तराई जान÷आउनका लागि मुख्य नाका मानिन्छ ।

बङ्शीलाघाटबाट खोटाङ र उदयपुरतर्फ कच्ची सडक बने पनि गाडी जाने पुल बन्न सकेको छैन ।

प्रतिक्रिया