घरले पुरिएर दुईको मृत्यु

इनेप्लिज २०७२ असार ९ गते १२:३९ मा प्रकाशित

चौतारा (सिन्धुपाल्चोक), ९ असार । जिल्लाको कुञ्चोक गाविसमा घरले पुरिएर आज अपरान्ह दुई वृद्धको मृत्यु भएको छ । अर्का एक वृद्ध गम्भीर घाइते भएका छन् ।

यो घटनामा परेर कुञ्चोक गाविस–५ का ८२ वर्षीय डम्मरबहादुर न्यौपानेको घटनास्थलमै र अर्का ८६ वर्षीय गणेशबहादुर थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बीचबाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
गम्भीर घाइते ८४ वर्षीय बलबहादुर न्यौपानेलाई उपचारका लागि धुलिखेल लगिएको छ । भूकम्पबाट जीर्ण भएको घर भत्काउने क्रममा नजिकै हेरिबसेका उनीहरुलाई अचानक पुरेको हो ।

प्रतिक्रिया