दोस्रो संविधान सभाका मृतक सभासदहरुको श्राद्ध ।

इनेप्लिज २०७२ असार ८ गते १६:१४ मा प्रकाशित

पहिलो संविधान सभा निर्वाचन देखि हालसम्म संविधान निर्माणको नाममा संविधान सभाको भत्ता, तलब, सबै सेवा सुविधाहरु लिन र संविधान सभालाई भत्ता खाने थलो बनाउन तथा राज्यकोष ढुकुटी रित्याउन र सिध्याउन दलहरुका नेताहरु र सभासदहरु बीच सम्पूर्ण कुराहरुमा सहमति, सम्झौता र सहकार्यहरु हुन्छ । तर राष्ट्रहितका लागि मात्र सहमति, सम्झौता र सहकार्यहरु हुन नसकेको किन ?

वि.स. २०७१ साल माघ ८ गते संविधान ल्याउने उद्देश्य भएको भए, २०७१ साल माघ ५ गते बैठक राखेर २०७१ साल माघ ८ गते नै संविधान आउने थियो र ?
माघ ५ गतेको बैठक मंसिर वा पुष महिनामा किन राखिएन ? २०७१ साल माघ ८ गते संविधान ल्याउन माघ ५ गते राखिएको बैठक मंसिर ५ गते राखिनु पथ्र्यो । नेता र सभासदहरुबाट प्रकाशित तालिका बमोजिम बैठकहरु किन बस्न सकेन ? र संविधान किन बन्न सकेन् ?
संविधान निर्माणको नाममा सँधैभरी राष्ट्रलाई अनिर्णयको बन्दी बनाएर संविधान सभालाई भत्ता खाने थलोको रुपमा विकसित गर्दै लैजाने उद्देश्य मात्र रहेको देखियो ।
पहिलो संविधान सभा देखि दोस्रो संविधान सभा सम्म नेता र सभासदहरुले सहमति, सम्झौता र सहकार्यको परिभाषा, वार्ता भने निष्कर्ष विहिन भन्दै आइरहेका छन् । पहिलो संविधान सभा निर्वाचन देखि हालसम्म सँधैभरी वार्ता निष्कर्ष विहिन हुन्छ भने बैठक बसेको औचित्य के ? संविधान निर्माणको नाममा बनेको विभिन्न समितिहरु किन ? भत्ता पचाउन र राज्यकोष ढुकुटी दुरुपयोग गर्नलाई मात्र ? बैठक बस्न भने निष्कर्ष विहिन हुँदैन कहिले पनि तर वार्ता भने जहिले पनि निष्कर्ष विहिन हुन्छ ।
नेपाली नागरिकहरुलाई विभिन्न बहानाहरुमा अल्मलाई बोका मात्र बनाउने भए नेता र सभासदहरुले,माघ ५ गते तँ रोए झँै गर,म कुटे झैँ गर्छु भन्ने नाटक (रमिता) जनताहरुलाई देखाइएको हो ।
२१ औँ शताब्दीमा नेपाली नागरिकहरु नेताहरुको पुच्छर कहिल्यै सम्म हुने ? सचेत र जागरुक आम नेपाली नागरिक कहिल्यै सम्म बन्ने ? अन्य राष्ट्रहरुमा नागरिकहरु राष्ट्रहितका लागि मरी मेटेका हुन्छन् तर हाम्रो देशमा नेताहरुको लागि मरी मेटेका र एक आपसमा काटमार गरिरहेका छौँ । आम नेपाली नागरिकहरुका नाममा नेता र सभासदहरुले स्वार्थ र फाइदा लुटिरहेका छन ।
वि.सं. २०६४ (इस्वी संवत २००८) सालमा भएको पहिलो संविधान सभा निर्वाचन पश्चात नेताहरु र सभासदहरुले अर्बौं–खबौँं डलर खाएर जनताहरुको नाम लिएर विश्वको एकमात्र हिन्दु राष्ट्रको पहिचानलाई बेचेर, हटाएर नेपालमा धर्म निरपेक्षता कायम गरे । जुन नेताहरु र सभासदहरुले संविधान सभाको नाममा आफ्नो राष्ट्र र मातृभूमी सँग संस्कार, संस्कृति र धर्मको नाममा गद्दारी (विश्वासघात)गर्छ भने, त्यसले अन्य अन्तर्राष्ट्रिय राष्ट्र (मुलुक) हरुसँग पनि विश्वासघात नगर्ला भन्ने के भरौसा र विश्वास ? हाम्रो देश नेपालका नेताहरु राष्ट्रघाती र विश्वासघाती हुन ।
वि.सं. २०७१ माघ ८ मा संविधान जारी हुन्छ भनी नेतृत्व गण द्वारा भएको वाचा, प्रतिबद्धता, हल्ला र प्रचार आश्वासनले जनताहरु आस्वस्त भएका थिए तर नेताहरुको उक्त भनाई साँचो देखिएन । यसकारण मैले २०७१ साल माघ ९ गते जिल्ला पर्साको बिरगंजमा सडकबाट नेपालको संविधान २०७१ जारी गर्नु परेको हो ।
नेपाली नागरिकहरुलाई झुक्याई झुटो वाचा, झुटो प्रतिबद्धता, विश्वासघात र धोका दिएको हुनाले सभासदहरु मरे सरह हुन भनी जिल्ला धनुषाको जनकपुरमा २०७१ साल माघ १९ गते १२ औँ दिनमा सभासदहरुको श्राद्ध गरेको हो । जिल्ला रौतहटको चपुरमा २०७१ साल फागुन ०८ गते एक महिने मासिक, जिल्ला पर्साको बिरगंजमा चैत्र ८ गते २ महिने मासिक, जिल्ला मकवानपुरको हेटौंडामा वि.सं. २०७२ साल बैशाख ८ गते तिन महिने मासिक, जिल्ला बर्दियाको गुलरियामा जेष्ठ ८ गते चार महिने मासिक गरिसकेँ, जिल्ला चितवनको नारायणघाटमा आषाढ ९ गते पाँच महिने मासिक गर्न लागिएको हो ।
नेताहरुबाट महाभूकम्पमा पिडित भएकाहरुको नाममा आएको राहतहरु र आर्थिकमा व्यापक भ्रष्टाचार र घोटाला भएको छ ।
विक्रम सम्वत् २०७२ साल जेष्ठ २५ गते भएको १६ बुँदे सहमति धोका हो । १२ बुँदे देखि लिएर यस्ता सहमति र सम्झौताहरु कैयौं पटक भयो तर लागु हुन सकेन । यहि आषाढ १० गते हुन लागेको दाता सम्मेलनमा दाताहरुबाट आर्थिक भित्र्याउनका लागि हामी राजनीतिक दलहरु मिलेका छौं र संविधान पनि छिट्टै बनाउँछौ भन्ने सन्देश दिन नाटकीय रुपमा गरेको सहमति हो । यो १६ बुँदे सहमतिले देशमा द्वन्द्वको सिर्जना गर्नेछ । भूकम्प पिडितहरुको नाममा दाताहरुले दिने राहत र आर्थिक रकमको नेताहरुबाट दुरुपयोग हुनेछ । अव देशमा नयां शक्तिको आवश्यकता रहेको छ ।
विषय ः पाँच महिने मासिक श्राद्ध
स्थान ः जिल्ला चितवन, नारायणघाटको मालपोत चोक
समय ः विहान ९ः०० बजे
मिति ः २०७२ साल आषाढ ९ गते

स्वतन्त्र नेपाली नागरिक
राकेश कुमार शर्मा
साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६
हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २
मो. नं. ९८४८०५५७७६

दोस्रो संविधान सभाका मृतक सभासदहरुको १२ औँ दिने श्राद्ध ।
पहिलो संविधान सभा निर्वाचन देखि हालसम्म संविधान निर्माणको नाममा संविधान सभाको भत्ता, तलब, सबै सेवा सुविधाहरु लिन र संविधान सभालाई भत्ता खाने थलो बनाउन तथा राज्यकोष ढुकुटी रित्याउन र सिध्याउन दलहरुका नेताहरु र सभासदहरु बीच सम्पूर्ण कुराहरुमा सहमति, सम्झौता र सहकार्यहरु हुन्छ । तर राष्ट्रहितका लागि मात्र सहमति, सम्झौता र सहकार्यहरु हुन नसकेको किन ?
वि.स. २०७१ साल माघ ८ गते संविधान ल्याउने उद्देश्य भएको भए, २०७१ साल माघ ५ गते बैठक राखेर २०७१ साल माघ ८ गते नै संविधान आउने थियो र ?
माघ ५ गतेको बैठक मंसिर वा पुष महिनामा किन राखिएन ? २०७१ साल माघ ८ गते संविधान ल्याउन माघ ५ गते राखिएको बैठक मंसिर ५ गते राखिनु पथ्र्यो । नेता र सभासदहरुबाट प्रकाशित तालिका बमोजिम बैठकहरु किन बस्न सकेन ? र संविधान किन बन्न सकेन् ?
संविधान निर्माणको नाममा सँधैभरी राष्ट्रलाई अनिर्णयको बन्दी बनाएर संविधान सभालाई भत्ता खाने थलोको रुपमा विकसित गर्दै लैजाने उद्देश्य मात्र रहेको देखियो ।
पहिलो संविधान सभा देखि दोस्रो संविधान सभा सम्म नेता र सभासदहरुले सहमति, सम्झौता र सहकार्यको परिभाषा, वार्ता भने निष्कर्ष विहिन भन्दै आइरहेका छन् । पहिलो संविधान सभा निर्वाचन देखि हालसम्म सँधैभरी वार्ता निष्कर्ष विहिन हुन्छ भने बैठक बसेको औचित्य के ? संविधान निर्माणको नाममा बनेको विभिन्न समितिहरु किन ? भत्ता पचाउन र राज्यकोष ढुकुटी दुरुपयोग गर्नलाई मात्र ? बैठक बस्न भने निष्कर्ष विहिन हुँदैन कहिले पनि तर वार्ता भने जहिले पनि निष्कर्ष विहिन हुन्छ । नेपाली नागरिकहरुलाई विभिन्न बहानाहरुमा अल्मलाई बोका मात्र बनाउने भए नेता र सभासदहरुले,माघ ५ गते तँ रोए झँै गर,म कुटे झैँ गर्छु भन्ने नाटक (रमिता) जनताहरुलाई देखाइएको हो ।
२१ औँ शताब्दीमा नेपाली नागरिकहरु नेताहरुको पुच्छर कहिल्यै सम्म हुने ? सचेत र जागरुक आम नेपाली नागरिक कहिल्यै सम्म बन्ने ? अन्य राष्ट्रहरुमा नागरिकहरु राष्ट्रहितका लागि मरी मेटेका हुन्छन् तर हाम्रो देशमा नेताहरुको लागि मरी मेटेका र एक आपसमा काटमार गरिरहेका छौँ । आम नेपाली नागरिकहरुका नाममा नेता र सभासदहरुले स्वार्थ र फाइदा लुटिरहेका छन ।
वि.सं. २०६४ (इस्वी संवत २००८) सालमा भएको पहिलो संविधान सभा निर्वाचन पश्चात नेताहरु र सभासदहरुले अर्बौं–खबौँं डलर खाएर जनताहरुको नाम लिएर विश्वको एकमात्र हिन्दु राष्ट्रको पहिचानलाई बेचेर, हटाएर नेपालमा धर्म निरपेक्षता कायम गरे । जुन नेताहरु र सभासदहरुले संविधान सभाको नाममा आफ्नो राष्ट्र र मातृभूमी सँग संस्कार, संस्कृति र धर्मको नाममा गद्दारी (विश्वासघात)गर्छ भने, त्यसले अन्य अन्तर्राष्ट्रिय राष्ट्र (मुलुक) हरुसँग पनि विश्वासघात नगर्ला भन्ने के भरौसा र विश्वास ? हाम्रो देश नेपालका नेताहरु राष्ट्रघाती र विश्वासघाती हुन ।
वि.सं. २०७१ माघ ८ मा संविधान जारी हुन्छ भनी नेतृत्व गण द्वारा भएको वाचा, प्रतिबद्धता, हल्ला र प्रचार आश्वासनले जनताहरु आस्वस्त भएका थिए तर नेताहरुको उक्त भनाई साँचो देखिएन । यसकारण मैले २०७१ साल माघ ९ गते जिल्ला पर्साको बिरगंज बाट नेपालको संविधान २०७१ जारी गर्नु परेको हो ।
नेपाली नागरिकहरुलाई झुक्याई झुटो वाचा, झुटो प्रतिबद्धता, विश्वासघात र धोका दिएको हुनाले सभासदहरु मरे सरह हुन भनी जिल्ला धनुषाको जनकपुरमा २०७१ साल माघ १९ गत १२ औँ दिनमा सभासदहरुको श्राद्ध गरेको हो ।
आम नेपाली नागरिकहरुको रगत र पसिना चुसीकन नेता र सभासदहरुले राष्ट्रलाई खोक्रो पार्ने भए । राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता रक्षाका लागि प्रजातान्त्रिक नयाँ जङ्गबहादुर राणाको आवश्यकता रहेको छ । यस नयाँ शक्तिलाई सम्पूर्ण नेपाली नागरिकहरुले गुहार्ने कामहरु गरौँ ।

स्वतन्त्र नेपाली नागरिक ः राकेश कुमार शर्मा, मो. नं. ९८४८०५५७७६

प्रतिक्रिया