भ्रष्टाचार नियन्त्रण गर्न सबैको साझा भूमिका महत्वपूर्ण हुने

इनेप्लिज २०७२ असार ८ गते ४:४६ मा प्रकाशित

Dang_district_locationतुलसीपुर (दाङ), ८ असार । राष्ट्रिय सतर्कता केन्द्रले सोमबार घोराहीमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा हाम्रो साझ दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।

सतर्कता केन्द्रका सहसचिव विष्णुराज लामिछानेले भ्रष्टाचार नियन्त्रण गर्न सबैको साझा भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले सूचना नलुकाउन र सार्वजनिक महत्वको सूचना आम जनताले थाहा पाउने, मागेका बेला सूचना दिन उपस्थित कार्यालय प्रमुखलाई निर्देशनसमेत दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले कुनै पनि सरकारी कार्यालय वा सार्वजनिक निकायमा काम गराइदिन्छु भनेर सेवाग्राहीसँग अतिरिक्त रकम असुल गर्ने जो कोहीलाई आफूले नछाड्ने बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयमा काम गराइदिने भन्ने बहानामा आउने बिचौलियालाई ठेगान लगाइसकेको अझै मालपोत, नापी, यातायात कार्यालयमा बिचौलियाको बिगबिगी रहेको भन्ने सूचना आएको र चाँडै नै तिनीहरूलाई पनि तह लगाउने बताउनुभयो ।

उहाँले जिल्लाका सम्पूर्ण कार्यालयमा असार २२ गतेभित्र नागरिकले देख्न सक्नेगरी नागरिक वा पत्र राख्न पनि निर्देशन दिनुभयो ।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधिले राजनीतिक भ्रष्टाचार नियन्त्रण भएपछि मात्र सुशासन कायम हुने भन्दै स्थानीय निकायको चुनाव नहँुदा र आदेशका भरमा काम गर्नुपर्ने बाध्यताले पनि भ्रष्टाचारलाई बढवा दिने गरेको बताएका थिए ।

प्रतिक्रिया