बुधबार, माघ १२ २०७८
काठमाडौं २३:४४
वासिङटन डिसी 12:59

मौलाकालिका मन्दिरलाई रु एकाउन्न हजार सहयोग

इनेप्लिज २०७२ असार ८ गते ४:२७ मा प्रकाशित

कावासोती, ८ असार । नवलपरासीको गैँडाकोटमा रहेका मौलाकालिका मन्दिरलाई नारायणी यातायात व्यवसायी सङ्घले सोमबार रु ५१ हजार सहयोग प्रदान गरेको छ ।

नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष बद्रीप्रसाद चौलागार्इं र सङ्घ चितवनका उपाध्यक्ष अशोक पोखरेलले संयुक्त रुपमा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष विष्णुहरि रिमाललाई चेक हस्तान्तरण गर्नुभएको हो ।

सङ्घको अघिल्लो कार्यसमितिले गरेको निर्णयलाई वर्तमान कार्यसमितिले कार्यान्वयनमा ल्याएको हो । मौलाकालिका मन्दिरका अध्यक्ष विष्णुहरि रिमालले मन्दिरको विकासमा सो रकम खर्च गरिने बताउनुभयो ।

प्रतिक्रिया