चट्याङका कारण विद्युत् बन्द

इनेप्लिज २०७२ असार ७ गते ११:५३ मा प्रकाशित

thunderstromeजाजरकोट, ७ असार । यहाँको दुर्गम गाउँमा रहेको विद्युत् योजनाको विद्युत् गृहमा चट्याङ पर्दा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको खगेनकोट गाविस वडा नं ७ मा रहेको दोखुखोला जलविद्युत् योजनाको विद्युत् गृहमा चट्याङ परेको हो ।

आइतबार बेलुकी विद्युत् गृहमा चट्याङ लागेर लाखौँको क्षति भएको उपभोक्ता समितिका अध्यक्ष तिलक खत्रीले जानकारी दिनुभयो । गत दसैँमा यो विद्युत् सेवा सञ्चालनमा आएको थियो । वैकल्पिक ऊर्जा आस्था नेपाल र गरिबी निवारण कोषबाट रु २८ लाख तथा स्थानीयवासीको रु १२ लाखबराबरको श्रमदानबाट योजना सञ्चालनमा आएको थियो । यो योजनाबाट करिब १५० भन्दा बढी घरधुरीमा विद्युत् सेवा पुगेको थियो ।

बाह्र किलोवाट क्षमता भएको यो योजनाबाट रेडियो, टेलिभिजन, विद्यालयमा कम्प्युटर पढाइसमेत हुँदै आएको थियो । चट्याङले डाइनामोमा समस्या आएको बताइएको छ ।

प्रतिक्रिया