गोलभेडाभित्र सिमकार्ड राखी थुनुवालाई पठाउने पक्राउ

इनेप्लिज २०७२ असार ६ गते १०:३३ मा प्रकाशित

tomato_20150204093605काठमाडौँ, ६ असार । गोलभेँडाभित्र सिमकार्ड राखी जेलमा रहेका थुनुवालाई पठाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध मुद्दामा केन्द्रीय कारागारअन्तर्गत भद्रगोल जेलमा थुनुवामा रहेका नाइजेरियन नागरिकलाई भेट्न आएका गौशाला निवासी १७ वर्षीय निमेश कपालीले शनिबार गोलभँेडा काटी नमस्तेको सिमकार्ड राखेर भित्र पठाउन लाग्दा काममा खटिएका प्रहरीले त्यसको भेउ पाएका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी, कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने मकवानपुर घर भएका ५१ वर्षीय माइला तामाङ र धोबीचौर बस्ने नुवाकोट लालुकादेवी–९ घर भएका ५० वर्षीय गोर्तेङ तामाङलाई प्रहरीले ४५० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ठमेल क्षेत्रपाटीबाट हिजो पक्राउ गरेको हो ।

प्रतिक्रिया