युवा कृषकलाई अठार लाख अनुदान

इनेप्लिज २०७२ असार ६ गते ६:१६ मा प्रकाशित

ilam_nepal_mapइलाम, ६ असार । इलामका व्यावसायिक पशुपालक युवा कृषकलाई जिल्ला पशुसेवा कार्यालयले रु १८ लाख अनुदान दिएको छ ।

युवा लक्षित पशु विकास कार्यक्रमअन्तर्गत व्यावसायिक रुपमा बङ्गुर र गाईपालन गरेका १२ जना कृषकलाई नगद अनुदान दिइएको हो । बङ्गुरपालन गरेका दुई जनालाई रु एक÷एक लाख र गाईपालक १० जना कृषकलाई रु १६ लाख अनुदान सहयोग गरेको कार्यालयका वरिष्ठ पशु विकास अधिकृत पशुपति ढुङ्गानाले बताउनुभयो ।

व्यावसायिक पशुपालनमा संलग्न किसानलाई व्यवसायप्रति आकर्षित गर्न तथा क्षमता विस्तारमा सहयोग पु¥याउने उद्देश्यले अनुदान वितरण गरिएको उहाँको भनाइ छ ।

कार्यालयले जिल्लाका सूर्याेदय नगरपालिका, एकतप्पा, फाकफोक, इरौँटार, गोदक, इलाम नगरपालिका, चुलाचुली, साङरुम्बा र लक्ष्मीपुर गाविसका किसानलाई गाई र बङ्गरपालनमा अनुदान दिएको हो ।

चुलाचुली र साङरुम्वामा बङ्गुरपालनका लागि रु एक÷एक लाखका दरले अनुदान दिइएको कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताउनुभयो ।

गाईपालनका प्रतिगाई २० हजारका दरले रकम प्रदान गरिएको छ । पशुसेवा विभागका कर्मचारी र जिल्ला पशुसेवा कार्यालय प्रमुखको संयुक्त टोलीले अनुगमन गरेर योग्य, दक्ष र लगनशील कृषकलाई अनुदान वितरण गरिएको प्राविधिक कार्कीले बताउनुभयो ।

प्रतिक्रिया