तुलसीपुर (दाङ), ६ असार । त्रिपुर नगरपालिका–५ नारायणपुरका समाजसेवी दानबहादुर बुढाथोकीले पतञ्जलि योग त्रिपुर नगर समितिका लागि योग भवनको निर्माण गर्नुभएको छ ।
रु चार लाख तीन हजारको लागतमा भवन बनेको हो । योगबाट आफूमा धेरै परिवर्तन आएकाले यसमा सबैको सहभागिता रहोस् भनेर भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया