युवकको अपहरण गरी हत्या

इनेप्लिज २०७२ असार ६ गते ४:१२ मा प्रकाशित

hatya-imageभीमदत्तनगर, ६ असार । परिचित व्यक्तिले फोनबाट भेट गर्ने प्रस्ताव स्वीकार गर्दै हिँडेका कञ्चनपुर कृष्णपुर गाविस–७ सिंहपुरका घुम्मन चौधरी चार दिनपछि हत्या गरी फालिएको अवस्थामा भेटिएका छन् ।

गत बुधबार परिचित व्यक्तिले मध्यराति १२ बजे जरुरी काम छ भन्दै बोलाएपछि घर छाडेका ३५ वर्षीय चौधरी शनिबार कैलालीको गोदावरी पुलभन्दा पाँच किलोमिटरमाथि भूमिगत नालीमुनि हत्या गरी फालिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

प्रहरीका अनुसार चौधरीले केही दिनअघि मात्रै रु १२ लाखमा जग्गा बिक्री गरेकाले जग्गा बिक्री गरेको रकम हात पार्न उहाँको अपहरण गरी हत्या गरेको हुन सक्छ ।

प्रहरीले घटनामा प्रयोग भएको मोबाइल फोनका मालिक कृष्णपुरकै परमानन्द भट्टलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक वासु अवस्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया