प्रवेशिका नतिजा ओरालो लाग्दै

इनेप्लिज २०७२ असार ६ गते ४:११ मा प्रकाशित

slcसल्यान, ६ असार । जिल्लामा प्रवेशिका परीक्षाको नतिजा बर्सेनि ओरालो लाग्दै गएको छ ।

गत वर्ष जिल्लामा २१.०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यस वर्र्ष घटेर २०.५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । यस पटकको परीक्षामा फलावाङ्मा रहेको टोड्के माविबाट एक विद्यार्थी पनि उत्तीर्ण भएका छैनन् भने नौ विद्यालयबाट एक एकजना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

जिल्लामा शैक्षिक सुधारका लागि जिशिकाबाट प्रयास गरिए पनि नतिजा सन्तोषजनक नरहेको जिल्ला शिक्षा अधिकारी जगन्नाथ उपाध्यायले बताउनुभयो । “धेरै समयदेखि बिग्रिएको संस्कार परिवर्तन गर्न समय लाग्दोरहेछ, एसएलसी परीक्षामा नतिजा खस्किनुमा विद्यार्थीमा पढ्ने भावनाको कमी र अभिभावकको भूमिका पनि जिम्मेवार छ” उपाध्यायले भन्नुभयो ।

प्रतिक्रिया