सिँचाइ ऐन ल्याउने तयारी

इनेप्लिज २०७२ असार ५ गते १०:१५ मा प्रकाशित

14100807NP-saudपथरी (मोरङ), ५ असार । सिँचाइमन्त्री एनपी साउदले सिँचाइ व्यवस्थापनमा देखिएका कमजोरी हटाउन तथा कृषि उत्पादकत्व बढाउनका लागि सिँचाइ ऐन ल्याउने तयारी भएको बताउनुभएको छ ।

मोरङको सुनसरी मोरङ सिँचाइ योजनाको दुई पक्की पुलको एवम् नहर व्यवस्थापन हस्तान्तरण कार्यक्रमको आज सुनसरीको भलुवामा उद्घाटन गर्दै मन्त्री साउदले असार अन्तिमसम्म सिँचाइ ऐनको मस्यौदा मन्त्रिपरिषद्को बैठकमा लगिने जानकारी दिनुभयो ।

उहाँले कृषि क्षेत्रको प्रगति र उन्नतिका लागि मोरङ र सुनसरीमा अर्बांै रुपैयाँका ठूला योजना ल्याउने तयारी भइरहेको जानकारी दिँदै सरकारले सिँचाइमा गरेको लगानीको प्रतिफल प्राप्त गर्नका लागि किसानलाई व्यावसायिक एवम् आधुनिक खेती गर्न आग्रह गर्नुभयो ।

सुनसरीको उक्त दुवै ठाउँको पुल रु आठ करोडको लागतमा निर्माण भएको हो । सुनसरी मोरङ सिँचाइ योजनाले दुवै जिल्लाको ६८ हेक्टर जमिनमा सिँचाइ सेवा पु¥याइसकेको छ ।

प्रतिक्रिया