विराटनगर, ५ असार । चीनतर्फ लैजाँदै गरेको अवस्थामा सङ्खुवासभामा १२३ किलो रक्तचन्दनसहित दुई युवा पक्राउ परेका छन् ।
चेपुवा–२ का तेम्बा भोटे र हटिया गाविस–८ का छिरिङ गवाङ्दाक भोटेलाई शुक्रबार पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सडकको ह्युमपाइपभित्र लुकाएर देउराली–मुढे सडकखण्ड भएर रक्तचन्दन तस्करी भइरहेको प्रहरीले सूचना पाएपछि खोजीका क्रममा नुम गाविस–४मा ह्युमपाइपभित्र छवटा झोलामा लुकाइ राखेको अवस्थामा सो परिमाणको रक्तचन्दन बरामद भएको हो ।
प्रतिक्रिया