ट्रकको ठक्करबाट एकको मृत्यु

इनेप्लिज २०७२ असार ५ गते १०:०२ मा प्रकाशित

accident-signरत्ननगर (चितवन), ५ असार । पूर्वी चितवनको भण्डारास्थित ग्रामीण सडकतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट आज बिहान एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब ६ बजे भण्डारा–८ डढुवाबाट भित्रि सडक हुँदै चौकीडाँडातर्फ जाँदै गरेको ना ४ ख ४४८ नम्बरको ट्रकको ठक्करबाट स्थानीय बोधराज खरेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्युभएको हो ।

ट्रक व्याक गर्नेक्रममा उनकै घर नजिकै खरेललाई ठक्कर दिएको स्थानीयले बताएका छन् । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया