‘यसकारण हिमालयन फेस्टिभल’

इनेप्लिज २०७२ असार ४ गते ११:२४ मा प्रकाशित

SlC-exam1

–राजन गिरी, कोअर्डिनेटर हिमालयन फेस्टिभल

तपाईलहरुले यो कार्यक्रम आयोजना किन गर्न लाग्नुभएको ?

अमेकिा जस्तो ठुलो देशमा हिमालयन पहिचान भएकाहरु पनि धेरै छन् । यी समुदायका मानिसहरुलाई एक पार्ने र उनीहरुको संस्कृति सम्बद्र्धनका लागि यो कार्यक्रम आयोजना गरेका हौं ।

हिमालयन भन्नाले कुन कुन समुदाय पर्छन् ?

यसमा विशेष गरी नेपाल, भुटान, म्यानमार, तिब्बत र भारतका केही भाग पर्छन् । यी क्षेत्रका हावापानी पनि उस्तै छन् । संस्कृति पनि मिल्न जान्छ । यी समुदायका धेरैजसो यहाँ पनि छन् । हामी चाहान्छौं यी सबै समुदाय एकै ठाउँमा जम्मा होओस् ।

कार्यक्रमका आकर्षणहरु के के छन् ?

कार्यक्रममा हिमालयन संस्कृतिसँग सम्बन्धित गीतसंगीत, नाच, फेसन प्रदर्शन हुनेछ । सिङगिङ आइकन पनि हुनेछ । यसमा १० जना प्रतियोगि आएका छन् । स्टेजमा भने छानिएकाहरु मात्र देखिनेछन् । यसमा हिमालयन समुदायका सबै सहभागी हुन सक्नेछन् । विजेतालाई ट्रफी, नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै डान्सिङ आइकन पनि राखिएको छ । यसमा १५ जनाले सहभागी हुने इच्छा देखाएका छन् । फेसनका लागि शुभेच्छा बादेल र निलिमा शर्मा आइपुग्नुभएको छ । गायनका लागि निमा रुम्बा र नलिना चित्रकार आउनुहुन्छ ।

त्यस्तै मिस भुटान युएसका लागि पनि भीडन्त हुनेछ । यसका लागि १२ जना प्रतियोगि सहभागी छन् । मलिना जोशीले यस कार्यक्रमको जिम्मेवारी लिनुभएको छ । त्यस्तै सर्ट फिल्म र नेपाली फिल्म रेशम फिलिलि र देश खोज्दै जाँदा पनि प्रदर्शन हुनेछ ।

तपाईहरुको यो हिमालयन फेस्टिभल भनेपनि नेपाली कलाकार मात्र धेरै देखिन्छन् नि ?

हामी भुटानमा हुदाँ पनि नेपाली कल्चर र फिल्महरुमा भिजेका मान्छे हौं । राजनीतिक कारणले हामी देश छाड्न बाध्य भयौं । त्यसमा हामीलाई नेपाल र नेपालीले २० औं वर्ष आश्रय दियो । एउटा छोराछोरीको रुपमा हामीलाई आश्रय दिएको हामी कहिल्यै विर्सन्नौं । त्यसैले हामी भुटानी समुदायका भए पनि नेपालीलाई आदर गर्छौ । नेपाल र नेपालीप्रति आभारी छौं ।

कार्यक्रममा नेपाली खानाको पनि व्यवस्था गर्नु भएको छ ?

एकदमै हामीले नेपाली खानाहरुको स्टल पनि राखेका छौं ।

दर्शक कतिआउने अनुमान गर्नुभएको छ ?

हामीले अघिल्लो वर्षदेखि यो कार्यक्रम गर्न थालेका हौं । पहिलो संस्करणमा आठ सय सहभागी भएका थिए । यसपटक हजारभन्दा बढी दर्शक आइपुग्ने अनुमान हामीले गरेका छौं ।
अन्त्यमा, तपाईलाई हिमालयन फेस्टिभल गर्नुपर्छ भन्ने जुक्ति कसरी जु¥यो भन्दिनुहोस न ।

मुख्य कुरा हाम्रो संस्कृति हो । अहिले हामीसँगै हाम्रा छोराछोरी पनि अमेरिका छन् । उनीहरु हामीसँग बसुन्जेल हाम्रो भाषामा बोल्छन् । जब स्कुल जान थाल्छन् । उनीहरु भोलिका हिमालयन समुदाय हुन् । त्यसैले उनीहरुले सिकोस्, हाम्रो संस्कृति नभुलुन भनेर यो कार्यक्रम आयोजना गर्ने जुक्ति फु¥यो ।

एभरेस्ट टाइम्स

प्रतिक्रिया