पूर्व पश्चिम राजमार्ग ठप्प

इनेप्लिज २०७२ असार ४ गते ४:४४ मा प्रकाशित

Ratu-Riverगौशाला, ४ असार । महोत्तरीको बर्दिबासमा अवस्थित रातु खोलामा बाढी आएको कारण पूर्व पश्चिम राजमार्ग ठप्प भएको छ ।

गत वर्ष साउन २८ गते रातुमा आएको बाढीका कारण पुल भाँसिएपछि खोलाबाटै यातायात सञ्चालन हुँदै आएकोमा गएराति आएको बाढीले रातिदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

करिब १०० मिटरसम्म खोलामा बनाइएको बैकल्पिक (डाइभर्सन)बाट यातायातका साधन पार गर्नुपरेकाले बाढीको कारण राति करिब २ बजेदेखि रातुको दुवैतिर पूर्व पश्चिम जाने सयौँ बस, ट्रक, जिप, कार, अन्य सवारी तथा मालबाहक साधन बाढी सकिने प्रतीक्षामा बसेको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो ।

रातुमा आएको बाढीका कारण हजारौँ यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन भने विभिन्न कच्चा, पक्का सरसामान बोकेका मालवाहक साधनहरू पनि अलपत्र परेका छन् ।

प्रतिक्रिया