बुधबार, माघ ५ २०७८
काठमाडौं ०१:५२
वासिङटन डिसी 15:07

कनकाई नदीले बगाउँदा किशोरको मृत्यु

इनेप्लिज २०७२ असार ३ गते १०:५२ मा प्रकाशित

सुरुङ्गा (झापा), ३ असार । झापाको कनकाई नगरपालिका– ३ कोटीहोम निवासी एक किशोरको आज कनकाई नदीले बगाउँदा मृत्यु भएको छ ।

कनकाई नदीले बगाएर ल्याएका दाउरा बटुल्न गएका १५ वर्षीय दीलवर आलमको नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नदीले दुई किलोमिटर तलसम्म बगाएका आलमलाई स्थानीय जनताले उद्धार गरेपनि उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया