झापामा चट्याङ लागेर एकको मृत्यु

इनेप्लिज २०७२ असार ३ गते ५:५२ मा प्रकाशित

thunderstromeबनियानी (झापा), ३ असार । झापाको पृथ्वीनगरमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा पृथ्वीनगर–१ बस्ने ६३ वर्षीय जयप्रसाद गौतम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर छेउ आफ्नै खेतमा काम गरिरहेको अवस्थामा गौतमलाई चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जानकारी प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले दिनुभयो ।

प्रतिक्रिया