चोरीका ल्यापटपसहित अभियुक्त पक्राउ

इनेप्लिज २०७२ असार १ गते १४:१८ मा प्रकाशित

laptop-300x231काठमाडौँ, १ असार । चोरीका ३७ थान ल्यापटप तथा चार्जरसहित प्रहरीले दुई व्यक्तिलाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट कल्याणपुरका कुमार थापा भनिने तेजबहादुर मगर र चोरीका सामान भएको थाहा पाए पनि लुकाई बिक्री गर्ने विराटनगर मधुमाराका रवि साह छन् । गत जेठ २८ गते राति काठमाडौँको टोखामा रहेको अमेरिकी माइकल जे हेसले सञ्चालन गर्दै आएको द चेल्सी एजुकेसन सेन्टरबाट अन्दाजी रु १६ लाख बराबरको ती ल्यापटप थापाको टोलीले चोरी गरेको थियो ।

मगर यसअघि मातातीर्थ र कीर्तिपुरमा भएको चोरी घटनामा आठ वर्ष कारागारमा परी २०६८ फागुनमा मुक्त भएका थिए । मगरले कोटेश्वरमा डेरा गरी बस्ने राहुल गुप्ताका डेरामा लुकाइछिपाई राखेका अवस्थामा महानगरीय अपराध महाशाखा प्रहरीले ती ल्यापटप बरामद गरेको थियो ।

त्यस्तै जेठ २६ गते अपराह्न बुढानिलकण्ठ–९ स्थित राजु सापकोटाको डेराको ताला फोडीे ल्यापटप चोरी गर्ने उमेश मगर, मनीष लामा, दिलीप तामाङलाई तथा भूकम्पको त्रासले मानिस घर छाडी पालमा सुतेका अवस्थामा राति ढुङ्गेधारा र स्वयम्भूमा चोरी गर्ने समूहका रामबहादुर लामा, सुमन थापा, जीवन भनिने तुलसबहादुर श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

अभियुक्त सबैलाई बरामद गरिएको सामानसहित महाशाखाले आज महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको छ ।

प्रतिक्रिया