बेनी नगरपालिकाले दमकल ल्यायो

इनेप्लिज २०७२ असार १ गते ३:५३ मा प्रकाशित

damkalम्याग्दी, १ असार । बेनी नगरपालिकाले दमकल खरिद गरेको छ । नगरपालिकाभित्र बढ्दो सहरीकरणसँगै भौतिक संरचनामा कुनै पनि बेला हुनसक्ने आगलागी नियन्त्रण गर्ने उद्देश्यले दमकल खरिद गरिएको हो ।

स्थानीय विकास मन्त्रालयको रु ६० लाख र नगरपालिकाको आन्तरिक स्रोतबाट रु आठ लाख ७५ हजार गरी रु ६८ लाख ७५ हजारको लगानीमा दमकल खरिद गरेको नगरपालिकाका कार्यकारी अधिकृत हरिदत्त कँडेलले जानकारी दिनुभयो ।

“मन्त्रालयबाट प्राप्त बजेटमा अपुग भएको रकम आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर दमकल ल्याएको छ”, कार्यकारी अधिकृत कँडेलले भन्नुभयो, “यसले नगरक्षेत्रमा हुने आगलागी नियन्त्रणमा सहयोग पुग्नेछ ।”

नगरपालिकाभित्रको सडकको अवस्था हेरेर टेन्डर आह्वान गरी मध्यमखालका तीन हजार ५०० लिटर पानी अटाउने दमकल ल्याइएको अधिकृत कँडेलको भनाइ छ ।

जिल्ला सदरमुकामसहित बेनी नगरपालिकाको बेनीबजार, गलेश्वर र सिङ्गा तातोपानी क्षेत्रका स्थानीयले नगरपालिका कार्यान्वयनमा आएसँगै दमकलको व्यवस्था गर्न माग गर्दै आएका थिए ।

प्रतिक्रिया