प्रेश विज्ञप्ति

इनेप्लिज २०७२ असार १ गते ०:३९ मा प्रकाशित

June 13 ,2015 मा NRN NCC USA को पहिलो बैठक मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न भयो । बैठक टेक्सास राज्यमा भरखरै अज्ञात ब्यक्ति द्वारा हत्या गरिएकी समिरा सिवाकोटी तथा भूकम्पमा परी मृत्युहुने सम्पूर्ण नेपालीहरु प्रति आत्माको चीर शान्तिको कामना गर्दै एक मिनटको मौनधारण गर्दै सुरु भएको थियो। बैठकमा समिरा सिवाकोटीको हत्यारा यथा सिघ्र छिटो पत्ता लगाउन पहल गर्ने तथा पीड़ित परिवारलाई क्षतिपूर्तिको समेत पहल गर्ने बैठकले पारित गरेको छ। सो बैठकमा कार्य समितिले छोटो तथा लामो समयमा आफूले गर्ने कामको बार्षिक कार्यक्रम तथा अध्यक्ष डा. केशव पौडेलले बनाएका घोषणापत्र बमोजिमको बनाएको कार्यपत्र समेत पारित गर्यो । बैठकमा कार्य समितिको अनुशासनका बारेमा आचार संहिता लागु गर्ने निर्णय गरिएको छ भने हालै भएको चुनावको विषयमा भएका विवाद टुंगो लगाउन डा.पौडेलको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाइएको छ । बैठकले नेपालमा गएको महा-भूकम्पले ल्याएको बिनाशको पूनर्निर्माण सम्बन्धि राहत संकलन गर्न अमेरिकाको बिभिन्न प्रमुख राज्यहरूमा अमेरिकाकै बिभिन्न कम्पनि तथा संघ संस्थासंग आह्वान गर्ने निर्णय गरेको छ । उक्त बैठकले चाँडो भन्दा चाँडो NRN NCC USA को Website मा आउने गरी NRN NCC USA को गतिविधिलाई पारदर्शी ढंगले विस्तार गर्दै NRN NCC USA को केन्द्रीय कार्यालय तुरून्तै पायक पर्ने ठाउँमा स्थापना गर्ने निर्णय भएको छ । बैठक डा.केशव पौडेलको अध्यक्षतामा बसेको थियो ।
बैठक सकिए लगत्तै Town Hall Meeting कार्यक्रम बिभिन्न संघ संस्थाका प्रतिनिधि,व्यापारी बुद्दीजिबी ,पत्रकार लगायत बाल्टिमोर ,भर्जेिनिया, डिसि ,न्युयोर्कबाट समेत उपस्थित विशाल जन समुदाय माझ भव्य सम्पन्न भयो। एन आर एन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष जेदु पोख्रेलको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रममा बोल्दै महामहिम राजदूत डा.अर्जुन कार्कीले NRN NCC USA सँग आफू नेपालको पुनर्निर्माणका लागि हातेमालो गर्दै अगाडि बढ्ने धारणा ब्यक्त गरे । त्यस्तै एनआरएन आइसिसिका संस्थापक उपाध्यक्ष डा. श्याम कार्किले आफूले संधै सत्यको साथ दिने भन्दै यो कार्य समितिले नेपालको पुनर्निर्माणमा जुटनु पर्ने धारणा व्यक्त गरे । त्यस्तै NRN NCC USA का निवर्तमान अध्यक्ष खगेन्द्र जीसीले आफूले यो कार्य समितिलाई हरेक किसिमवाट सहयोग गर्ने बताउदै आफू भावनात्मक किसिमवाट कहिल्यै अलग नहुने मन्तव्य व्यक्त गरे । NRN NCC USA का वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलले संस्थाको वर्तमान अवस्था र भावी कार्यक्रम को बारेमा तत्काल गरिने योजनाका बारेमा प्रकाश पार्नु भएको थियो । NRN NCC USA को निति तथा कार्यक्रमको बारेमा संस्थाका क्षेत्रीय उपाध्यक्ष डिल्ली भट्टराई ले आकर्षक रुपमा प्रस्तुत गर्नु भएको थियो । हालै नियुक्त भएकी President’s Advisory Commission on Asian and Pacific Islanders संजिता प्रधान र Town of Indian Head , Maryland का उप मेयर किरण सिटौलालाई विशेष सम्मान गरिएको थियो । पाँच वटा महादेशका सबै भन्दा अग्ला शिखरहरुको सफल आरोहण गरी सकेका संजय पण्डितलाई खादा ओढाएर सम्मान गरी वहाँको आर्थिक संकलन समेत गरिएको थियो । कार्यक्रममा अमेरिकाका लागि अवैतनिक महा बाणिज्य दूत प्रेम राजा महत , President’s Advisory Commission on Asian and Pacific Islanders संजिता प्रधान ,Town of Indian Head , Maryland का उप मेयर किरण सिटौला , NRN NCC USA का निवर्तमान निर्वाचन प्रमुख विनोद रोका , NRN NCC UK का निवर्तमान अध्यक्ष योगेन्द्र क्षेत्री , NECC USA का अध्यक्ष खिलेन्द्र न्यौपाने ,डा. मदन उप्रेती , वरिष्ठ साहित्यकार कृष्ण धरावासी , National Secretary of Young Democratic एच् बी भण्डारी, NRN NCC USA का निवर्तमान सल्लाहकार प्रेम श्रेष्ठ , नेजाका अध्यक्ष गौतम दाहाल ,बानाका उपाध्यक्ष सतिश चापागाईं , कास्की समाज अमेरिकाका अध्यक्ष नारायण थापा लगायतका वक्ताहरुले सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै मन्तव्य राखेका थिए । NRN भर्जिनिया च्याप्टरका अध्यक्ष मुक्ति दवाडीले Vote of Thanks दिएका उक्त कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति तथा NRN NCC USA का अध्यक्ष डा केशव पौडेलले कार्यक्रम सफल तुल्याउनु हुने सबैमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अमुल्य सल्लाह र सुझावको अपेक्षा गर्दै NRN NCC USA लाई सारा संसार भरकै नमूना NCC का रुपमा उभ्याउन कुनै पनि कसर बाँकी नराख्ने कुरा राख्दै कार्यक्रम को समापन गर्नु भयो । कार्यक्रमका संचालन NRN NCC USA का महा सचिव तिलक श्रेष्ठ ले गर्नु भएको थियो ।

सर्बज्ञ वाग्ले मिडिया कोर्डिनेटर एनआरएन एनसिसि युएसए

प्रतिक्रिया