कोलोराडोमा गाजा खाएको आरोपमा जागिरबाट निलम्बित

इनेप्लिज २०७२ जेठ ३२ गते २३:५३ मा प्रकाशित

Marijuana plant detailअमेरिकाको कोलोराडो राज्यको सर्बोच्च अदालतले कुनै पनि मालिकले आफ्ना कर्मचारीले गाजा खाएको पाईएमा निलम्बन गर्न सक्ने छन् भनि फैसला गरेको छ l कोलोराडो राज्यमा चिकित्सकको निर्देश अनुसार ओखतीको रुपमा गाजाको प्रयोग गर्न पाइने भए पनि सर्बोच्च अदालतले कोलोराडो राज्यमा कानुनि मान्यता भएता पनि त्यो राज्यको कानुनलाई खारेजी गरि दिएको छ l

कोलोराडो निवासी घाँटी देखि मुनि पूर्ण रुपमा शरीर पक्षघात रहेका ब्रानडन कोट्सलाई काम गर्ने ठाउमा प्रतिष्ठानको नियम अनुसार नशालु पदार्थ सेवन सम्बन्धि परीक्षण गर्ने क्रममा उनले गाजा खाएको पाईएकोले हटाईएको हो l

more-to-colorado-than-just-marijuanaर उनि डिस नेटवर्कका कर्मचारी थिए भने कोलोराडोमा सन् २००० देखि नै गाजा प्रयोग गर्न कानुनी मान्यता छ l ब्रानडन कोट्सले काममा कहिले सेवन नगरेको बताएका छन् l

तर प्रतिष्ठानको जिरो टोलेरेन्स (सुन्य सहिष्णुता) को नीति रहेकोले गाजा अझ पनि (फेडेरल )संघीय स्तरमा गैर कानुनी मानिन्छ l आफ्ना कर्मचारीले कुनै कारण पनि गाजा सेवन गरेकोले बर्खास्त गरेको जनाएको छ l कोलोराडोको कानुनले आफ्ना कर्मचारीलाई सुरक्षित गर्छ भने तर अदालतले गाजा सेवन गर्न पाउने कानुनलाई खारेजी गरि दिएको छ l

Untitled

प्रतिक्रिया